२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेविसंघ दार्चुलाले गर्यो धर्ना र चक्काजाम

२०७५, २३ जेष्ठ बुधबार १५:४१

जेठ २३, दार्चुला | नेपाल विद्यार्थी संघ दार्चुलाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो दार्चुला सदरमुकाम खलंगा बजारको परिक्रममागरी नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घन्टा धर्ना र बसपार्कमा केहि समय चक्काजाम गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेबि संघ दार्चुलाले बुधबार सरकारबिरुद्ध नाराबाजि गर्दै धर्ना र चक्काजाम गरेको हो ।

जनताको ढाड सेक्नेगरी गरीएको मुल्यबृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजि गर्दै माग गरेका छन । बहुसंख्यक जनता गरीबिको रेखामुनी रहेको हाम्रो देशमा सरकारले मूल्य बृद्धि गरेर ब्यापारी बन्न खोज्नु हुदैन भन्ने आफुहरुको धारणा रहेको नेबिसंघ दार्चुलाका अध्यक्ष हिक्मत बहादुर सिहंको भनाइ छ ।


सरकार गठन भएपश्चात सहुलियत प्राप्त हुनुकोसट्टा पाचँ पटक ट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र कालोबजारीकाकारण दैनिक उपभोग्य बस्तुमा आएको मुल्यबृद्धिले जनताले हैरानी ब्यहोर्नुपरेको भन्दै कालाबजारी र माफियाकरण नियन्त्रण गरी पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न नेबिसंघ दार्चुलाले माग गरेको छ । सरकारले मुल्यबृद्धि तत्काल फिर्ता नगरे संघर्षका कार्यक्रमहरु तय गरी आन्दोलनमा उत्रने नेबिसंघ दार्चुलाका सचिब रमेश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी