२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको सरकारी कार्यालयमै सौचालय फोहोर

२०७५, २३ जेष्ठ बुधबार १५:५४

टेकबहादुर शाही | जेष्ट २३, डोल्पा | डोल्पाका अधिकांश सरकारी कार्यालयका सौचालयहरु फोहोर भेटिएका छन ।  सरसफाइ सप्ताहको दोस्रो दिन जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले गरेको अनुगमनको क्रममा अधिकांश सरकारी कार्यालयहरुमा सौचालयको सरसफाइ नभएको यस्तो तथ्य बाहिर आएको हो । 

अनुगमन टोलीका अनुसार सौचालय तथा अन्य सरसफाइको अबस्था कम्जोर रहेका सरकारी कार्यालयहरुमा जिल्ला हुलाक,जिल्ला स्वास्थ्य,जिल्ला समन्वय समिति,जिल्ला कारागार,जिल्ला प्रहरी कार्यालयको हवलदार र जवानले प्रयोग गर्ने सौचालय,जिल्ला कृषि बिकास,जिल्ला अस्पताल,जिल्ला प्रशासन,घरेलु तथा साना उद्योग बिकास,जिल्ला प्राबिधिक, र सरस्वती माध्यामिक बिद्यालय लगायतका सौचालयहरु सरसफाइको दृष्किोणमा जिर्न तथा कम्जोर अबस्थामा भेटिएको तथ्याङ्क सार्वजानिक भएको छ । 


त्यसैगरि मध्यम तहमा रहेका कार्यालयहरुमा महिला तथा बालवालिका कार्यालय,शिक्षा बिकास तथा समन्वय ईकाइ,नापी,कोष तथा लेखा नियन्त्रण,जलउत्पन्न,पशु सेवा,बिद्युत प्राधिकरण,जिल्ला बन,नेपाल टेलिकम,ठुलीभेरिनगरपालिाका,नेपाल बैँक,सरकारी वकिल,जिल्ला आयुर्बेद, रहेका छन । 

जिल्लामा रहेका गैरसरकारी कार्यालयका सौचालयहरु अधिकांश सरसफाइ नै रहेको अनुगमन टोलीले जानकारी दिएको छ । टोलीको अनुसार सौचालयका सामाग्रीहरुको प्रयोग कतै पनि नभएको पाइएको जानकारी दिएको छ । सफा र स्वच्छ सौचालयको प्रयोग गर्नेहरुमा खानेपानी,जिल्ला अदालत,नेपाल रेडक्रस,जिल्ला मालपोत,जिल्ला निर्वाचन र नेपाल खाद्य संस्थानका साथै गैरसरकारी कार्यालयमा आरआरएन रहेका छन । 

जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्य समितिले जिल्लाका ४९ वटा कार्यालयहरुको सरसफाइ र सौचालयको अबस्थाका बारेमा अनुगमन गरेको छ । जस मध्य खानेपानी,नेपाल रेडक्रस र आरआरएनमा गरि ३ वटा सौचालय मात्र महिनावारी मैत्रि सौचालय भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । 


पछिल्लो समय जिल्लामा स्वच्छकर शौचालयको प्रयोगको अबस्था खस्किदो अबस्थामा रहेकाले यसलाइ सुधार गर्न सबै कार्यालयहरुले योजना बनाउनपर्नेमा खानेपानी तथा सरसफाइ सवडिभीजन कार्यालयका निमित्त प्रमुख केबलकुमार खत्तिवडाले जोड दिए । उनले भने अनुगमनले खास कुरा बाहिर ल्याउने मात्र हो सुधार आफैले गर्ने हो कार्यालयका शौचालयका बारेमा नागरिकले जान्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने