२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दका कारण जिल्लामा ईमरजेन्सी औषधी समेत अभाव

२०७२, १७ आश्विन आईतवार ०८:४८

असोज १७, उदयपुर(गाईघाट)
निरन्तरको बन्द, हडतालका कारण उदयपुरमा सामान्य औषधी देखी अत्यन्त जरुरीपर्ने औषधीको चरम
अभाव देखिएको छ ।
केही दिन यता जिल्ला अस्पताल उदयपुरमा साधारण औषधी र अत्यन्त जरुरी औषधीको अभाव
देखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख डाक्टर चुमनलाल दासले बताउनुभयो । करिब डेढ
महिनाको निरन्तर बन्दका कारण मौज्दातमा रहेको औषधी सकिएको र थप औषधी जिल्लामा नआएकोले औषधीको अभाव
देखिएको डाक्टर दासले बताउनुभयो ।

सरकारले करिब ७० किसिमका औषधीहरु स्वास्थ्य निकायहरुबाट
निशुल्क वितरण गर्ने गरेकोमा हाल अधिकाँश औषधी सकिएको जनाईएको छ । सरकारी निशुल्क औषधी हाल जिल्ला
स्वास्थ्य कार्यालय अन्तर्गतका निकाय र निजी विक्रेताकाँहा समेत औषधीको अभाव देखिएको छ । सदरमुकाम स्थित
जिल्ला अस्पताल र गाविस स्थित स्वास्थ्यचौकी लगायतका सरकारी अस्पताल र निजी औषधी पसलहरुमा समेत औषधीको
अभाव देखिएको हो ।

अस्पताल देखि लिएर खुद्रा औषधी पसलमा समेत पर्याप्त मात्रामा डाक्टरको
निर्देशन अनुसारको औषधी समेत नपाईरहेको विरामीहरु बताउँछन् । जिल्ला अस्पतालमा मौज्दातको रुपमा राखिएको
निशुल्क बाडिने औषधी लगभग सकिएको हुनाले अस्पतालमा जाँचचेक पछि लेखिएको औषधी समेत दिन नसकिरहेको बताउँछन
जिल्ला स्वास्थ्य कार्यालयका सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दास । विरामीलाई लेखेको सवै किसिमको औषधी
दिन नसकिरहेको बताउँछन स्थानिय औषधी विक्रेता विजय मेडिकलका प्रोपाइटर विजय कुमार साह । स्थानिय
शिवशक्ती मेडिकल हलका फर्मेसी सहायक जितेन्द्र कुमार महतोका अनुसार भण्डार गरिएको औषधी विक्री भईसकेको र
थप आउन नसकेका कारण अभाव देखिएको हो । उनले अर्डर गरिएको औषधी यातायात अवरुद्धका कारण कतै बाट आउने
अवस्था समेत नरहेको बताएका छन् ।

डाक्टर दासका अनुसार अत्यन्त जरुरी औषधी मोटरसाईकलमा लहान,
विराटनगर लगायतका स्थानहरुबाट आपूर्ति गर्न बाँध्य भएको बताउनुभयो । केही समय यता भाईरलको प्रकोप,
निमोनिया जस्ता विरामीहरुको सङख्या बढ्ीरहेकोले विरामीको चाँपका कारण समेत औषधी अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से