२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दका कारण जिल्लामा ईमरजेन्सी औषधी समेत अभाव

१७ आश्विन २०७२, आईतवार ०८:४८

असोज १७, उदयपुर(गाईघाट)
निरन्तरको बन्द, हडतालका कारण उदयपुरमा सामान्य औषधी देखी अत्यन्त जरुरीपर्ने औषधीको चरम
अभाव देखिएको छ ।
केही दिन यता जिल्ला अस्पताल उदयपुरमा साधारण औषधी र अत्यन्त जरुरी औषधीको अभाव
देखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख डाक्टर चुमनलाल दासले बताउनुभयो । करिब डेढ
महिनाको निरन्तर बन्दका कारण मौज्दातमा रहेको औषधी सकिएको र थप औषधी जिल्लामा नआएकोले औषधीको अभाव
देखिएको डाक्टर दासले बताउनुभयो ।

सरकारले करिब ७० किसिमका औषधीहरु स्वास्थ्य निकायहरुबाट
निशुल्क वितरण गर्ने गरेकोमा हाल अधिकाँश औषधी सकिएको जनाईएको छ । सरकारी निशुल्क औषधी हाल जिल्ला
स्वास्थ्य कार्यालय अन्तर्गतका निकाय र निजी विक्रेताकाँहा समेत औषधीको अभाव देखिएको छ । सदरमुकाम स्थित
जिल्ला अस्पताल र गाविस स्थित स्वास्थ्यचौकी लगायतका सरकारी अस्पताल र निजी औषधी पसलहरुमा समेत औषधीको
अभाव देखिएको हो ।

अस्पताल देखि लिएर खुद्रा औषधी पसलमा समेत पर्याप्त मात्रामा डाक्टरको
निर्देशन अनुसारको औषधी समेत नपाईरहेको विरामीहरु बताउँछन् । जिल्ला अस्पतालमा मौज्दातको रुपमा राखिएको
निशुल्क बाडिने औषधी लगभग सकिएको हुनाले अस्पतालमा जाँचचेक पछि लेखिएको औषधी समेत दिन नसकिरहेको बताउँछन
जिल्ला स्वास्थ्य कार्यालयका सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दास । विरामीलाई लेखेको सवै किसिमको औषधी
दिन नसकिरहेको बताउँछन स्थानिय औषधी विक्रेता विजय मेडिकलका प्रोपाइटर विजय कुमार साह । स्थानिय
शिवशक्ती मेडिकल हलका फर्मेसी सहायक जितेन्द्र कुमार महतोका अनुसार भण्डार गरिएको औषधी विक्री भईसकेको र
थप आउन नसकेका कारण अभाव देखिएको हो । उनले अर्डर गरिएको औषधी यातायात अवरुद्धका कारण कतै बाट आउने
अवस्था समेत नरहेको बताएका छन् ।

डाक्टर दासका अनुसार अत्यन्त जरुरी औषधी मोटरसाईकलमा लहान,
विराटनगर लगायतका स्थानहरुबाट आपूर्ति गर्न बाँध्य भएको बताउनुभयो । केही समय यता भाईरलको प्रकोप,
निमोनिया जस्ता विरामीहरुको सङख्या बढ्ीरहेकोले विरामीको चाँपका कारण समेत औषधी अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला