२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवा नगरपालिकाको १२ वटै वडाका वडा सदस्यहरु आन्दोलित

२०७५, २७ जेष्ठ आईतवार १७:३७

जेठ २७, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको १२ वटै वडाका वडा सदस्यहरु आन्दोलित भएका छन् । वडाबाट गरिने सबै निर्णयहरु वडाअध्यक्षले आफु हरु सँग सरसल्लाह नगरिकन एकलौटी रुपमा गरेको प्रति असंतुष्टी जनाउँदै वडा सदस्यहरुले मलंगवा नगरपालिका वडा सदस्य संघर्ष समिति गठन गरि संगठित रुपमा संघर्ष सुरु गरेका हुन ।

शुक्रबार दिउँसो मलंगवा नपा वडा न – २ स्थित पब्लिक माविको प्रांगणमा भएको १२ वटै वडाका वडा सदस्यहरुको भेलाले वडा न-४ का वडा सदस्य घनश्याम झाको नेतृत्वमा संघर्ष समिति गठन गरि आन्दोलन सुरु गरेको छ । समितिले वडा समितिको बैठक नियमित राख्न, कुनकुन योजनामा के कसरी वजेट विनियोजन गरियो सो को जानकारी दिन , उपभोक्ता समिति गठन गर्दा सहभागी गराउन , कार्य विभाजन गरि जिम्मेवारी आफुहरुलाई पनि दिन लगायतका माँगहरु राखेका छन् । वडाअध्यक्षले बैठक र भेलानै नगरी आफुखुसी मनपरी रुपमा निर्णय गरेर हस्ताक्षर गर्न लगाउने , हस्ताक्षर नगरे किर्ते हस्ताक्षर गरेर अनियमितता गरेको उनिहरुको आरोप छ । 

उता मलंगवा नगरपालिका वडा न-१० का वडाअध्यक्ष मुकेश झाले भने आफुहरु उपर लगाइएको सबै आरोप झुठो र मिथ्या भएको बताउनुभएको छ ।हामी आफ्ना सदस्यहरुलाई आफ्नै परिवारको रुपमा मान्दै आएको र बेलबेलामा सहयोग पनि गरेका हौं । कुनै प्राविधिक कारणवश एक या दुइवटा बैठक बसेको नहोला तर महिनाको दुई पटक  नियमीत बैठक बसेको उहाँले बताउनु भयो । बैठक नबसेको भए कसरी सदस्यहरुले निर्णय पुस्तिकामा हस्ताक्षर गरेको होला ।वडाबाट हुने र भइसकेका सम्पूर्ण कामको विवरण , प्रस्तावित बजेट  र लागेको खर्च मासिक बस्ने बैठकमा सबै सदस्यहरुको अगाडी पारदर्शी गरेका छौं जसको हामी सँग प्रमाण समेत छ जो हामी जतिबेला पनि देखाउन सक्छौं वडा अध्यक्ष झाले दाबी गर्नु भयो ।

तपाईंहरुले  माइन्युट पुस्तिकामा सदस्यहरुको हस्ताक्षर किर्ते गरेर योजना पास गराउनु भएको भन्ने सदस्यहरुको आरोप रहेको छ भन्ने प्रश्नमा  वडा अध्यक्ष झाले उनिहरुले बैठकमा आएर स्वयं हस्ताक्षर गरेर योजनाहरु पास गरेको र मासिक रुपमा पाउनुपर्ने बैठक भत्ता समेत बुज्दै आएको र सो को हामीसँग प्रमाण रहेको  जवाफ दिनुभयो । मलंगवा नगरपालिका अन्तर्गत १२ वटा वडाहरुमा जम्मा ४६ जना सदस्यहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी