२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दलित केटीलाई बुहारी अस्विकार गरेपछि…

२०७५, २८ जेष्ठ सोमबार १२:०८

जेठ २८, सर्लाही । सर्लाहीमा एक जोडीले अन्तरजातीय विवाह गरेपछि केटा पक्षको घरका सदस्यहरुले अस्वीकार गरेको छ | घरपरिवारले अस्वीकार गरेपछि उनिहरु न्याय पाउनको लागि अधिकारकर्मीहरुको शरणमा पुगेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ निवासी राम केवल कोइरीका २१ वर्षिय छोरा श्रीराम महतो कोइरीले सोही गाउँकी २२ वर्षिया सुलेखा कुमारी राम(नाम परिवर्तन गरिएको )सँग २०७४ साल माघ १० गते भारतको बिहार राज्य सितामढी जिल्ला अररिया गाउँको एक मन्दिरमा विवाह गरेका थिए । छोराले एक दलित केटीलाई आफ्नो घरको बुहारी बनाएको थाहा पाए पछि निजका बुवा लगायत घरका अन्य सदस्यले उनिहरुलाई घरमा राख्न अस्विकार गरेका थिए | पिडित नवदम्पती आफुहरु उपर भएको अन्यायको गुहार लगाउँदै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा तराई मानवअधिकार रक्षक संजालको शरणमा पुगेका हुन् ।

संघ र संजालको शरणमा पुगेर आफुहरुलाई न्याय दिलाएर घरमा बस्ने वातावरण बनाइदिन भन्दै निवेदन दिएपछि संघका संयोजक राजेश पासवान र संजालका मानवअधिकार अधिकृत मुकेश मिश्र तथा दलित अधिकारकर्मीहरुको पहलमा तत्कालै न्याय दिलाइ सँगै बस्ने वातावरण मिलाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दिएका छन् ।

यसैगरी गत बुधबार २३ गते सदरमुकाम मलंगवा नगरपालिका स्थित गणेशिया टोलमा एक दलित युवती माथि भएको बलात्कारको घटनामा दोषीलाई समेत तुरुन्त करवाहीको माग गर्दै जिप्रकामा निवेदन दर्ता गराएको संघका संयोजक पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा