७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

कला संस्कृतिनै मधेश र मधेशीको पहिचान हो: प्रजिअ घिमिरे

१० कार्तिक २०७२, मंगलवार ०७:२४

अजयकुमार साह/कात्तिक १०,
उदयपुर(गाईघाट) ।
मधेशी समाजमा आफनै मौलिक कला र संस्कृति रहेको छ जसले मधेशीहरुको छुट्टै
पहिचान समेत स्थापित गरेको कुरा एक कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताउनुभयो ।

subhakaman

“एकता,
सहिष्णुता र पहिचान न्याय, प्रगति र आत्मसम्मान” भन्ने मूल नाराका साथ सदरमुकाम गाईघाट स्थित
दुर्गाटोलमा सोमबार कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना गरिएको पान मखान कार्यक्रमको प्रमुख अतिथिको
रुपमा बोल्दै प्रजिअ घिमिरेले यस्तो कुरा बताउनुभएको हो ।

प्रजिअ घिमिरेले मधेशीहरुको आफ्नो छुट्टै पहिचान रहेको बताउँदै कला संस्कृतिको धनी मधेशीको
पहिचान जोगाउनका लागी आयोजना गरिएको यस्तो कार्यक्रम आफैमा एक उदाहरणिय कार्य भएको उहाँले बताउनुभयो

नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वका
साथै हिजरी संम्वत् १४३७ को मंगलमय शुभकामना सहित कोजाग्रत व्रतको शुभ अवसरमा आयोजना गरिएको सो
कार्यक्रममा प्रजिअ घिमिरेले मैथली भाषामै

आफनो शुभकामना
मन्तव्य राख्नुभयो । करिब १० मिनेट लामो आफनो शुभकामना मन्तव्य अवधीभर उहाँले मैथली भाषनै प्रयोग गरेको
देखेर कार्यक्रमका सहभागीले जोडदार ताली बजाएर स्वागत र धन्यवाद समेत दिएका थिए । उहाँले परम्पराको
नाममा मधेश र मधेशी समाजमा रहेको कुशंस्कारहरुलाई हटाउनुपर्ने कुरामा जोड दिनुभयो । गाउँ घरमा रहेको
बालविवाह, दहेजप्रथा, महिलालाई नाम बाट बोलाउने भन्दा पनि ठाउँको नामबाट लहानबाली, जनकपुरवाली आदी जस्ता
शब्दले बोलाउने परम्परामा सुधार ल्याुउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

अहिले हरेक समुदायमा कर्तव्य र अधिकारलाई गलत अर्थ लगाउँदै आएको सन्दर्भ कोट्याउँदै प्रजिअ
घिमिरेले पहिले आफूहरुले क, ख पढ्ने गरेकोमा अहिले आएर सवैभन्दा पहिले अ,आ पढाएर केवल अधिकारकालागी
मात्र लडिरहेको तर आफ्नो कर्तव्य भने विर्सिरहेको जिकिर गर्नुभयो । आफ्नो मन्तव्य अवधिभर राजनितिक विषय
नकोट्याउने प्रतिबद्धता जनाएका प्रजिअ घिमिरेले शुभकामना दिदै मधेशीहरुको विकासका लागी, यस समुदायको
समाजिक, साँस्कृतिक, आर्थिक विकासका लागी मधेशी समाज उदयपुरले थालेको अभियान प्रशंसनिय रहेको जिकिर
गर्नुभयो । उहाँले आफ्नो जन्मभुमी नेपालको सम्मान र रक्षा गर्न समेत सवैजना लाग्नुपर्ने बताउनुभयो

कार्यक्रमका विशेष अतिथि तथा जिल्ला प्रहरी प्रमुख प्रहरी
उपरिक्षक(एसपी) गोविन्दकुमार साहले मैथली भाषामै शुभकामना मन्तव्य राख्दै एउटै परिवारमा समेत भेदभाव
हुनेभएकोले देशको परिस्थिती समेत त्यस्तै हुनगई कसैले अधिकार पाएको अवस्था छ भने कसैले पाउनेक्रममा
रहेको अवस्था रहेको बताउनुभयो । मधेशी समुदायको जायज असन्तुष्टीहरुलाई राज्य समक्ष जाहेर गर्ने अधिकार
रहेकोले सोही अनुसार आवाजहरु उठिरहेको बताउनुभयो ।

एसपी साहले
मधेशी समुदायले आफू कम्जोर छु भन्ने धारणा हटाउनुपर्ने सुझाव दिनुभयो । मधेशीहरु कुनै पनि तवरले कम्जोर
नभएको बताउँदै एसपी साहले सवै मधेशीले आफूभित्र रहेको हिन भावना हटाउनुपर्ने अनुरोध गर्नुभयो । उहाँले
आफ्नो परिवार शिक्षित भएपनि केही कमीकम्जोरीहरु अझैपनि रहेको बताउँदै परम्परागत शैली र कुसंस्कृतिले
गर्दा अझैपनि आफ्नै परिवार भित्र समेत सचेतना जगाउन जरुरी रहेको बताउनुभयो ।

मधेशी महिलामा रहेको घुम्टोप्रथा, छोरा सरह छोरीलाई शिक्षादिक्षामा संलग्न नगराउने
परम्परा, दहेजप्रथा लगायतका समस्याहरु रहेकोले विस्तारै विस्तारै मधेशी युवाहरु अब जागृत हुँदै गएकोले
यो समस्या पनि केही समयपछि हट्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षानै मूल आधार भएकोले
परिवारका हरेक सदस्यलाई शिक्षित बनाउनु जरुरी रहेको जिकिर गर्नुभयो । पहिले पहिले छोरीको घरमा नखाने,
पानी समेत नपिउने चलन रहेकोमा विस्तारै हट्दै गएकोले अन्य कुप्रथाहरु समेत हट्ने बताउनुभयो ।

अहिले भईरहेको मधेशको आन्दोलनमा समेत अधिकाँश महिलाहरुको सहभागीता रहेकोले
यो पनि परिवर्तनको एउटा सूचक भएको बताउनुभयो । उहाँले उदयपुर लगायत विभिन्न स्थानमा यती लामो बन्द,
हडताल र आन्दोलन भईरहदा पनि कुनै पनि किसिमको संम्प्रदायीक घटना र सदभाव खलबलिने घट्ना नभएको कुरा आफैमा
एक सदभावको प्रतिक भएको बताउनुभयो । उहाँले सवै समुदाय एकअर्काका पुरक भएकोले सवै मिलेर सवैको अधिकारको
सम्मान गर्नुको अर्को विकल्प नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा अतिथिको रुपमा शुभकामना दिदै मधेशी अगुवा तथा त्रियुगा उद्योग वाणिज्य संघका
पूर्व अध्यक्ष रामचन्द्रप्रसाद गुप्ताले मधेशीहरुको आवाजलाई राज्यले नसुनेझै गरिरहेकोले आन्दोलन झन
चर्किरहेको बताउनुभयो । उहाँले खस ब्रह्मणवादले जकडिएको नेपाली राजनितिले मधेशीमाथी विभेद थोपरिरहेको
बताउँनुभयो । मधेशीलाई दोश्रो दर्जाको नागरिकको रुपमा राज्यले जहिले सम्म व्यवहार गरिरहन्छ तहिले सम्म
यस्ता आन्दोलन चलिरहने उहाँले जिकिर गर्नुभयो । उहाँले शुभकामना दिदै सवैले सवैको अधिकारको सम्मान गर्न
सिक्नुपर्ने कुरामा जोड समेत दिनुभयो ।

कलवार समाजका अगुवा
धनिकलाल भगतले आफ्नो शुभकामना मन्तव्य राख्दै विगत देखीनै मधेशीको अवस्था नेपालमा दयनिय रहेको बताउँदै
नेपालमा भईरहेको अधिकारको लडाईमा कसैलाई कम र अधिकार पाईसकेकालाई पनि बढी दिने चलनले विभेद बढाउँदै
लगिरहेको बताउनुभयो । उहाँले मधेशका समस्याहरुलाई राज्यले नजरअन्दाज गरिरहेकोले बाँध्य भएर यो आन्दोलन
गर्न अगाडी बढ्नुपर्ने आएको बताउनुभयो । आन्दोलन कसैको रहर नभएको बताउँदै भगतले देशका सवै नागरिक समान
भएको बताउँदै सवैलाई उत्तिक्कै अधिकार राज्यले दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले मधेशीहरुले आयोजना
गर्ने यस्तो कार्यक्रममा सरोकारवालाहरु आएर शोभा बढाईदिएकोमा धन्यवाद समेत दिनुभयो ।

मधेशी समाजका अध्यक्ष सत्यानारायण झाको अध्यक्षतामा आयोजना गरिएको यस
कार्यक्रमको उद्देश्य र मधेशी समाज उदयपुरको बारेमा जानकारी गराउँदै मधेशी अगुवा तथा त्रियुगा जनता
बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बैजनाथ साहले उदयपुर जिल्लामा मधेशीहरुको समग्र विकासका लागी
यो समाज गठन गरिएको र स्थानीय सरोकारवालाहरुको साथ, सहयोग र समन्वयको आधारमा अगाडी बढ्ने जानकारी
गराउनुभयो । यस समाजममा राजनितिक, समाजिक, बौद्धिक, व्यापारिक, कर्मचारी, युवा, महिला, बालबालिका सवैलाई
समेटेर अगाडी बढ्ने प्रयासहरु थालिएको समेत जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा उपस्थित प्रमुख
अतिथि, विशेष अतिथि, अतिथिहरुलाई मधेशीको पहिचान झल्काउने पोशाक गम्छा ओढाएर सम्मान गर्नुभएको थियो

पान मखान कार्यक्रमको साँस्कृतिक महत्वको बारेमा जानकारी
गराउँदै अध्यक्ष सत्यनारायण झाले कोजाग्रत पुर्णिमामा मनाईने पान मखान कार्यक्रमको धार्मिक र साँस्कृतिक
विशेष महत्व रहेको बताउनुभयो । उहाँले स्वर्गमा पान मखान खान नपाईने भएकोले यसै लोकमा पान मखानको रसपान
गर्ने चलन धार्मिक रुपमै चलिआएको हो । यस अवसरमा नवदम्पतीहरु जो आजको दिनमा वैवाहिक बन्धनमा बाँधिएका
हुँन्छन उनीहरुले समेत स्नेह, मायाको प्रतिकको रुपमा विशेष अवसरको रुपमा यसलाई मनाउने प्रचलन छ । पूर्ण
रुपमा चन्द्रमा उदय हुने यस अवसरमा खिर समेत खाने प्रचलन छ । खिर पकाएर रातभरी सितमा राखेर खाएको खण्डमा
स्वास्थ्यमा समेत टेवा पु¥याउने किवदन्तीहरु समेत रहेको उहाँले बताउनुभयो । यस अवसरले मनोवैज्ञानिक
रुपमा समाजमा मेलमिलाप र मित्रता समेत कायम राख्नका लागी पान मखान खाने प्रचलन रहेको उहाँले बताउनुभयो

कार्यक्रमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै मधेशी युवा
अगुवा खेमनारायण यादव(राहुल)ले मधेशी समाज उदयपुले आयोजना गरेको यस्ता कार्यक्रममा सरोकारवालाहरु
उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिएको प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा समेत
यस्तो अवसरहरुमा सहभागी भईदिन अनुरोध गर्नुभयो । संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा
कार्यक्रमका अतिथि सिद्धान्त राई, थारु कल्याणकारीणी सभाका प्रतिनिधी पर्शुराम चौधरी, नेपाल वैश्य
कल्याण महासंघका जिल्ला अध्यक्ष राजेन्द्र साह, उदयपुर जेसिसका अध्यक्ष कोशराज दाहाल र मधेशी मुस्लिम
अगुवा मोहरबक्स अली लगायतले अतिथिको रुपमा आ –आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अतिथिहरुको स्वागतका लागी कलाकलार निर्मल लाखेको संयोजनमा स्वागत गित समेत
प्रस्तुत गरिएको थियो । कार्यक्रममा मधेशी, मुस्लिम तथा पिछडावर्ग सँग सम्बन्धीत विभिन्न जातिय संगठनका
अगुवा, जिल्ला स्थित मधेशी सम्बद्ध राजनितिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र
प्रहरी, पत्रकार, कर्मचारी संगठन, व्यापारी अगुवा, महिला, मधेशी युवाहरु लगायतका उल्लेखनिय उपस्थिती
रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रजिअ घिमिरेले मैनबत्ती बालेर गर्नुभएको थियो भने
कार्यक्रम संचालन मधेशी समाजका अगुवा ललित शाहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला