2026-07-25 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोल–टोलमा प्रहरी परिचालन हुँदै

असार २, काठमाडौँ (रासस) | स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ । 

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा आज टोल–टोलमा प्रहरी कार्यक्रमको शुभारम्भ गरिएको हो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिएका गलत प्रवृत्तिका विरुद्धमा प्रहरी कठोर रुपमा उभिनुपर्ने बताउनुभयो । 

महानिरीक्षक खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठन बनाउन आफू लागेको भन्दै नतिजा आउने गरी काम गर्न सबैलाई निर्देशन दिनुभयो । 

गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले प्रहरीले आफ्नो सीमित स्रोत र साधनबीच ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न टोल–टोलमा प्रहरी कार्यक्रम ल्याएर राम्रो कामको थालनी गरेको बताउनुभयो । 

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक गोविन्द थापाले टोलटोलमा भन्दा पनि जनताको मनमनमा प्रहरी संगठनलाई पु¥याउनुपर्ने बताउनुभयो । प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने, धिरु बस्न्यातलगायतले गृह प्रशासन कार्ययोजना–२०७४ अनुसार नागरिकमैत्री प्रहरी सेवालाई केन्द्रमा राखेर नेपाल प्रहरीले काम गरिरहेको बताउनुभयो । 

सो अवसरमा प्रहरी नायब उपरीक्षक डा मेखबहादुर खत्रीले टोलमा प्रहरीको महत्वबारे प्रस्तुतिकरण दिनुभएको थियो । टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०६४ असोज ६ गतेको निर्णयअनुसार प्रहरीले आजदेखि उक्त कार्यक्रमको थालनी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक