Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३३ यात्रु सवार यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि…

By kit 2 मिनेट पढाइ

असार ३, पोखरा | यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिनुभयो ।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

उहाँका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहनुभएको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो । रासस