2026-07-25 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान

असार ४, काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय गर्ने विषयमा छलफल हुनेछ । 

यस्तै संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता वृद्धि गरी थप प्रभावकारिता ल्याउने र भविश्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषयमा समेत छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उहाँसँगै प्रहरी उपरीक्षक दानबहादुर कार्कीसमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक