२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा लागुऔषध र मदिरा रोक्न बिद्यार्थि र प्रहरी सक्रिय

५ असार २०७५, मंगलवार १२:२२

टेकबहादुर शाही/असार ५, डोल्पा | डोल्पाको सदरमुकाम दुनैमा लागुऔष तथा मदिरा नियन्त्रणका लागि बिद्यार्थि र प्रहरी सक्रिय भएका छन । जिल्ला सदरमुकाममा भइरहेका अबैध मदिरा बिक्री बितरण तथा द्रुब्यसनलाइ रोक्न बिद्यार्थि र प्रहरी सक्रिय भएका हुन । 


लागु औषध तथा मदिरा द्रुब्यसनि सम्बन्धी सप्ताहव्यापि कार्यक्रम अनुसार लागु औषध निषेध र मदिरा नियन्त्रण बिरोधको र्यलाी प्रर्दशन गरिएको छ । बिद्यार्थि र प्रहरी तथा कर्मचारीहरुको उपस्थितिमा मदिराको बिक्रि वितरणको चर्को बिरोध गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बालबालिकाले नै बिरोध गरेपछि अभिभाबकले बालबालिकाको कुरा मान्ने भएकै कारणले पनि यो अभियानमा बिशेष भुमिका खेलेको बताए । 


डोल्पा जिल्लामा लागु औषधका कारोवार शुन्य नै रहे पनि भोलिका दिनमा लागुऔषका घटनाहरु नघट्ला भन्ने कुनै आधार नभएको अबस्थामा अहिलेबाटै सचेतनाका कार्यक्रम गर्नु राम्रो भएकोले युवाहरुलाइ सचेत गराउन बिभिन्न खाले र्याली नाटक तथा सचेतनाका कार्यक्रमहरु गर्न थालिएको प्रहरी नयाव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उनले भने प्रहरी र बिद्यार्थिको भुमिका सबै भन्दा मह्तवपूर्ण रहेको छ यसलाइ सकारात्मक सन्देशका रुपमा लिन जरुरी छ । 

बिभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्डहरु बोकेर बिद्यार्थि र प्रहरीका साथै अन्य कर्मचारीहरु निस्केपछि स्थानीयहरु चकित भएका थिए । राम्रो कामको लागि स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासिहरु सहभागि नभएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले स्थानिय सरकारप्रति आक्रोस पोखे । उनले भने अब कुनै पनि क्षेत्रमा गलत गर्नेलाइ क्षम्य छैन स्थानीय सरकार लुक्न पाइदैन । उलने थपे भोलिका कर्णाधारको भबिष्यमा खेलवाड हुन दिदैनौ अब कर्डाका साथ जान्छौ । 

लागु औषका घटनाहरु नभए पनि घरेलु मदिराको बिक्रिबितरण भने बढ्दो क्रममा रहेको छ । घरेलु मदिराकै कारण घरेलु हिंसा हुने बालबालिकाको भबिष्य समेत बर्बाद हुने भएकोले अभिभाबकलाइ सचेत गराउन बिद्यार्थिले भुमिका खेल्ने प्रमुख जिल्ला अधिकारीको दावी रहेको छ । उनका अनुसार अब बजारका सबै घरहरुमा अनुगमन हुने छ र घरेलु मदिरा मात्र नभइ अबैध रुपमा बिक्रि हुदै आएका सबै मदिरा तथा लागु औषधका कार्यहरु बन्द गरिनेछन । 

मदिराकै कारण समाजका ठुलाठुला घटना घट्ने गरेकोले महिला सञ्जाल तथा सरोकारवालाको सहयोगमा सबै क्षेत्रमा नियमन गर्ने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो