२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा अन्तर्राष्ट्रिय योग दिवस यसरी मनाइयो (फोटोफिचर)

७ असार २०७५, बिहीबार ०६:०३

असार ७, दार्चुला | चौथो अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामापनि भब्यताकासाथ मनाईएको छ । पताञ्जली योग समिति दार्चुलाको आयोजनामा बिहिबार बिहान सचेतनामुलक र्यालीको आयोजना पश्चात ५ बजेदेखी ८ बजेसम्म निरन्तर ३ घन्टा योग गरेर दिवस मनाइएको हो ।


जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, जिल्ला न्यायधिस इश्वर पराजुली, महाकाली नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्लास्थित कार्यलय प्रमुखहरु, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सञ्चारकर्मी लगायत सर्बसाधारणहरुको उल्लेख्य उपस्थितिमा दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा योग प्रशिक्षक हिरासिह धामीले योगका बिभिन्न आसनहरुको बारेमा जानकारी गराउँदै प्रयोगात्मकरुपमा तिन घन्टासम्म योग गराउँनुभएको थियो । 


योगका फाइदाहरुको बिषयमा स्पष्ट पार्नेक्रममा योगको महत्व आजको परिवर्तीत जीवनशैलीमा धेरै रहेको भन्दै उहाँले दिवसको दिनमा मात्रै नभइ दैनिकरुपमा योगअभ्यास गर्न सबैलाइ सुझाब दिनुभएको छ । पताञ्जली  योग समितिले महाकाली नगरपालिका ४ स्थित दार्चुला बिकास संगठन परिसरमा दैनिक योग सिबिरको आयोजना गर्नेगरेको जानकारी गराउँदै उहाँले सहभागिताकालागी आग्रह गर्नुभएको छ ।मेहनतकासाथ कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिने भन्दै प्रशिक्षक धामीले सकारात्मक सोच हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा जीवन्त राख्न योग आबश्यक रहेको बताउँभुभयो । पछिल्लो समय अस्वभाबिकरुपमा बढ्दै गएको अस्वस्थ्यता र बिभिन्न रोगहरुबाट मुक्तीकालागी योग सञ्जीवनि बुटी साबित भइसकेको उहाँको भनाइ छ । बिद्यार्थीहरु बिभिन्न कुलत र नकारात्मक मानसिकताको सिकार भइरहेको प्रति चिन्ता ब्यक्त गर्दै  उहाँले सकारात्मक सोचको बिकास गर्न बिद्यालयहरुमा समेत योगको आबश्यकता औल्याउँनुभएको छ ।


दिवसको अवसरमा दार्चुलाको सदरमुकामसहित बिभिन्न ग्रामिण क्षेत्र र बिद्यालयहरुमा समेत योग दिवस मनाइएको धामीले बताउँनुभयो ।

११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य