2026-07-25 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी नागरिकता त्यागेका लामिछानेले अब यसरी पाउँछन् नेपाली नागरिकता

असार ७, काठमाडौँ | पत्रकार रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग्दै नेपालमै पत्रकारिता गर्ने बाटो रोजेका छन् । 

लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्याग सम्बन्धी आवेदन दिएको जानकारी गृह मन्त्रालय मार्फत प्रेस काउन्सिलले प्राप्त गरेको छ । लगत्तै प्रेस काउन्सिलले लामिछानेलाई मर्यादित रुपमा पत्रकारिता गर्न निर्देशन गर्दै बिज्ञप्ति समेत निकालेको छ ।

लामिछानेविरुद्ध परेका उजुरीको छानविनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबी गरेपनि लामिछानेको दाबी झूठो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएको थियो । काउन्सिलले यस बिषयमा छलफल समेत चलाएको थियो । लगत्तै रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्यागेको निवेदन दिएका थिए । 

रवि लामिछानेले यस अघि नेपाली नागरिकता त्याग्दै अमेरिकी नागरिकता लिएका थिए ।  अब उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता कसरी पाउलान भन्ने धेरैलाई कौतुहलता जागेको छ । 

पत्रकार लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्यागेकाले उनलाई पुन: नेपाली नागरिकता लिने बाटो खुलेको छ । 

नेपालको कानुन अनुसार नागरिकता ऐन २०६३ को दफा ११ मा ‘पुनः नेपाली नागरिकता कायम हुने’ शीर्षकमा उल्लेख भए अनुसार कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखिनै निजको नेपाली नागरिकता पुनः कायम हुनेछ । यस नियम अनुसार लामिछाने अब नेपाली नागरिकता बनाउन पाउनेछन् । ऐन अनुसार लामिछानेले अब पुन: नेपाली नागरिकता भने लिइराख्नु पर्दैन । अमेरिकाको नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा बुझाउनासाथ उनको बंशजको नागरिकता पुनः कायम हुनेछ । यदी उनको पुरानो नागरिकता छैन वा हराईसकेको भए, पुरानोकै प्रतिलिपि लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक