२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बिषयलाई लिएर ज्यान मार्ने धम्कि, विदेशमा रहेकाहरु समेत डिपोर्ट हुन सक्ने !

२०७५, ८ असार शुक्रबार १५:५५

असार ८, काठमाडौँ | प्रेस काउन्सिल नेपालले स्वदेश तथा विदेशमा रहेर सामाजिक सञ्जाल प्रयोग गर्ने नेपालीहरुलाई ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिलले आज एक विगत जारी गर्दै केही दिनदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रेस काउन्सिल खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकार तथा कर्मचारीलाई मार्ने धम्की दिईरहेको भन्दै त्यस तर्फ सचेत हुन ध्यानाकर्षण गराएको हो ।

काउन्सिलले टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रेस काउन्सिल तथा पदाधिकारी र कर्मचारीमाथि गाली गलौज तथा +६१४२३०५९६६ नम्बरबाट काउन्सिलका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की आएपछि बिज्ञप्ति निकालेको हो । 

काउन्सिललले सामाजिक सञ्जालमा भ्रामक र अशिष्ट पोष्ट भईरहेको उल्लेख गर्दै काउन्सिले त्यस्ता सामाग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन बिज्ञप्ति मार्फत अपिल समेत गरेको छ ।

काउन्सिलले बिज्ञप्तिमा भनेको छ 'फेसबुक ट्वीटर लगायतका सामाजिक संजाल्हारूमा कुनै सामग्री पोष्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन अत्यन्त जरुरी छ । अशिष्ट, असभ्य भाषामा कुनै व्यक्ति, संघ संस्थाबारे आधार, प्रमाण बिना तथ्यहीन सामग्री पोष्ट गर्दा बिद्धुतिय कारोबार ऐन २०६३ आकर्षित भई सोहि अनुसार कारवाही हुने प्रावधान छ । सामाजिक संजालमा जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपालीहरु स्वदेश फिर्ता (डीपोर्ट) हुनसक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धानमा तानिन सक्नेछन् ।'

प्रेस काउन्सिलले सामाजिक सञ्जालमा जथाभावी असभ्य तथा अश्लिल सामाग्री पोष्ट गरिएपछि शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरालाई ध्यानमा राख्न प्रेस काउन्सिललेले सबैमा अनुरोध गरेको छ ।

हेर्नुहोस् प्रेस काउन्सिलद्वारा जारी प्रेस बिज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता