२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा शल्यक्रिया गराइएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि…

२०७५, १२ असार मंगलवार ०८:४४

असार १२, तेह्रथुम | जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । 

म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या आएपछि मंगलबार मध्याह्न काठमाडौँ लगिएको हो । दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा आइतबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । 

उहाँले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसूतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको शल्यक्रिया गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान सिफारिस गरेको थियो । हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौँ लगेका छन् । 

रु तीन लाख ६० हजार भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाइ भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ । 

मौसम अनुकूल नभएकाले समेत सोमबार दिनभर पर्खिनुपरेको स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा जटिल प्रकृतिका प्रसूति गराउन आकस्मिक शल्यक्रिया कक्ष स्थापना गरिए पनि ब्लड बैंक नहुँदा बिरामी सास्ती व्यहोर्न बाध्य रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से