२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पहिरोले यातायात ठप्प

२०७५, १८ असार सोमबार १०:५५

असार १८, जाजरकोट | यहाँका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ । 

गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो । 

खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । त्यस्तै, छिन्चु–जाजरकोट सडकखण्डको शान्ति चौतारा, खोदाखोला नजिक पहिरो जाँदा जाजरकोट सदरमुकामबाट बाहिरिने र भित्रिने यातायातका साधन ठप्प भएको छन् । जाजरकोट–डोल्पा सडकखण्डको तीन ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

निरन्तर पानी परिरहेकाले जाजरकोट सदरमुकाम र गाउँको सञ्चारसेवासमेत अवरुद्ध भएको छ । गाउँ–गाउँमा अधिकाँश सडकमा पहिरो जाँदा यातायातका साधन ठप्प भएको गाउँपालिका र नगरपालिकाले जनाएका छन् । यातायात सेवा अवरुद्धसँगै सयौँ स्थानीयवासीले तोकिएको ठाउँमा जान नपाएको गुनासो गरेका छन् । 

पाँचकारियाबाट सदरमुकाम आउने बाटो अवरुद्ध हुँदा दुईवटा जीप कोटखोलामा पहिरोको बीचमा अलपत्र परेको यात्रु धीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

पानी निरन्तर परेका कारण सडक खुलाउन सकिएको छैन । निरन्तर पानी परेकाले जाजरकोट ठाँटीबजारका स्थानीयवासी पहिरो लाग्ने भयले त्रसित छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ