२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका १४ क्याम्पसमा ४४४ दरबन्दीमा नियुक्ती बितरण

१८ असार २०७५, सोमबार १४:१६

लोकेन्द्र प्रशाद जोशी | असार १८, दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नम्बर ७ का १४ ओटा सामुदायिक क्याम्पसहरुलाइ आगिंक क्याम्पसको रुपमा समायोजन गरेको छ । दार्चुला जिल्लाको दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पस सहित प्रदेश ७ का १४ ओटा क्याम्पसमा कार्यरत ४ सय ४४ प्राद्यापक कर्मचारीहरुलाइ क्याम्पस प्रमुख मार्फत नियुक्ती पत्र समेत प्रदान गरेसंगै समायोजन निश्चित भएको हो । 

बिगत ८ बर्षदेखीको संघर्षपछि सामुदायिक क्याम्पसहरु आगिंक बन्न सफल भएका हुन । झन्डै साढे चारसय दरबन्दी शृजना गरेर शूदुरपश्चिमाञ्चल बिश्वबिद्यालय नेपालकै सबैभन्दा ठुलो बिश्वबिद्यालय समेत बनेको छ । आंगिक क्याम्पसमा समायोजन भएपछि दार्चुला बहुमुखी क्याम्पसले सहयोगी सम्पुर्ण ब्याक्तीत्तहरुलाइ धन्यबाद ज्ञापन गर्दै ऐतिहासीक सफलता प्राप्त गरेको अवसरमा खुसी मनाएको जनाएको छ । सोमबार काठमान्डौमा एक औपचारीक कार्यक्रमकाबिच प्राद्यापक कर्मचारीहरुको नियुक्ती बुझेको खलंगा क्याम्पस प्रमुख कृष्ण सिह साउँदले जानकारी दिनुभयो । 


यसअघि आगिंक क्याम्पस समायोजन कार्यविधि २०७४ संसोधनको माग गर्दै सर्वोच्च अदालतमा गत फागुनमा परेको रिट निवेदन खारेज भएपछि समायोजनको बाटो खुलेको थियो । शूदुरपश्चिम बिश्वबिद्यालय अन्तरगत दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, टिकापुर वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पस बनेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला