Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्ने ८ उद्यमी सम्मानित

२०७५, १९ असार मंगलवार ०७:०२

असार १९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । 


विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताउनुभयो । 

सर्वाेत्कृष्ट उद्यमी पुरस्कारतर्फ यूएई र इजरायलमा दुई दुई वर्ष काम गरी नेपाल फर्केर आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी चलाइरहनुभएका लमजुङका सोनाम लामालाई रु एक लाखसहित श्रममन्त्री गोकर्णराज विष्टले सम्मान गर्नुभयो ।

त्यसैगरी उत्कृष्ट उद्यमीतर्फ यूएईमा साढे दुई वर्ष काम गरी राष्ट्रिय अलैँची कृषि कम्पनी प्रालि सञ्चालन गरिरहनुभएका बागलुङका देवीप्रसाद खत्री, कतारमा आठ वर्ष काम गरी मनकामना होटल एण्ड भुलभुले नमुना कृषि फार्म सञ्चालन गरिरहनुभएका खोटाङका हरि लुइँटेल, साउदी अरबमा पाँच वर्ष काम गरेर थोपा सिँचाइ प्रालि सञ्चालन गरिरहनुभएका काठमाडौँका खोजराज कटुवाल, साउदी अरबमा १२ वर्ष काम गरी वैशाली कृषि तथा बाख्रा फार्म सञ्चालन गरिरहनुभएका पर्वतका गणेश पुन मगर, तीन वर्ष साउदीमा काम गरी प्रेसिका एग्री फार्म सञ्चालन गरिरहनुभएका बर्दियाका प्रेमप्रसाद लामिछाने, यूएईमा काम गरी पायोनियर एकीकृत कृषि केन्द्र सञ्चालन गरिरहनुभएका रुपन्देहीका द्रोणप्रसाद न्यौपाने र इजरायलमा एक वर्ष काम गरी नादा एग्रो एण्ड सिड प्रोडक्सन सञ्चालन गरिरहनुभएका बर्दियाका रामदीपाल थारुलाई रु ५०–५० हजारसहित सम्मान गरिएको थियो । 

पुरस्कारका लागि २३ जनाको आवेदन परेकामा २० जनालाई छनोट गरी रोजगारीको सिर्जना, पूँजी लगानी, स्थानीय साधन स्रोत र प्रविधिको उपयोग, आयात प्रतिस्थापन÷निर्यातमूलक उद्योगलगायत आधार राखिएको थियो । सरकारले विसं २०७३ मा विदेशमा काम गरी स्वदेशमा फर्केका उद्यमीलाई पुरस्कारको घोषणा गरेको थियो । 

सो अवसरमा मन्त्री विष्टले सरकारले रोजगारीको अवसर सिर्जनाका लागि सम्भाव्यता अध्ययन शुरु गरिसकेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता