२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको चौतारामा साहित्य सम्मेलन

२०७५, १९ असार मंगलवार ११:२३

असार १९, चौतारा | सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएको छ । 

सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो । 

कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा सिन्धुकी रोजिना पराजुली, रामेछापकी शीतल थोकर तामाङ, सिन्धुलीका नवीन संघर्ष र काभे्रकी अनामिका सजल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका थिए । विजयी कवि तथा कवयित्रीलाई नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा नेपाली शष्दकोषका ग्रन्थकार कवि वसन्तप्रकाश नेपाल शर्मालाई अभिनन्दन तथा स्व कवि खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र कवि जीवन क्षेष्ठलाई सम्मान गरिएको थियो ।सो अवसरमा अभिलेखालयले ११० वर्षदेखिको अभिलेखालयको वृत्तभित्र प्रस्तुत गरेको थियो । 

सिन्धुका साहित्यकार र अन्य जिल्लाका साहित्यकारबीच एकापसमा विचारको आदानप्रदान गर्नाका साथै यहाँको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको सम्मेलनको आयोजना गरिएको आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं साहित्यकार लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने