२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ प्रहरीले १ सय २० लिटर घरेलु मदिरा नष्ट

२१ भाद्र २०७२, सोमबार ०७:०७

सागर भण्डारी/भदौ २१, बागलुङ । जिल्लाको बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङले आज १ सय २० लिटर घरेलु मदिरा जन्य वस्तु नष्ट गरेको छ ।

unnamed (1)

गाउँ गाउँमा उत्पादन गरि बुर्तिबाङ बजारमा विक्री वितरणका लागि ल्याईदै गर्दा प्रहरी गस्तिले बरामद गरेको उक्त मदिरा आज प्रशासन, उद्योग बाणिज्य संघ, गाउँ विकास समिति तथा पत्रकारहरुको रोहवरमा नष्ट गरेको छ ।

करिव एकमहिनाको अवधिमा जिल्लाको पश्चिम अधिकारीचौर, खुँगा, राजकुत, देविस्थान र बुर्तिबाङ गाउँ विकास समितिबाट बुर्तिबाङमा ल्याइदै गर्दा प्रहरीले उक्त मदिरा वरामद गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक युवराज चौधरीले बताउनुभयो ।

विषेश गरि ग्रामीण क्षेत्रका महिलाहरुले घरमा उत्पादन गरेर वजारमा वेच्न ल्याउने गरेको प्रहरी निरीक्षक चौधरीको भनाई छ । मदिरा उत्पादन र वेचविखन कानुन विपरितको कार्य भएको र समाजमा यसले विकृत्ति भित्तयाएको भन्दै विकृति न्यूनिकरणका लागि प्रहरीले यस्तो कार्यलाई निरन्तरता दिइरहने उहाँको भनाई ।

प्रहरीले मदिरा उत्पादन गर्ने, सेवन गरि समाजमा द्धन्द्ध सिर्जना गर्ने तथा सामाजिक सुरक्षा खलविलिने कार्यगरेको पाइएमा कार्वाही अगाडि बढाउने समेत जनाएको छ ।

पछिल्लो समयमा इलाका प्रहरी कार्यलयमा मध्यपान गरेर होहल्ला गरेको, कुटपिट गरेको र अन्य सामाजिक गतिविधि खलवलिने कार्य गरेको उजुरीका आधारमा कार्वाही गर्न थालेपछि बुर्तिबाङ आसपासमायस्ता गतिविधिहरु कम हुँदै गएको समेत प्रहरी कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै