२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

२०७२, २२ भाद्र मंगलवार ०७:५६

कमल पौडेल/भदौ २२, बागलुङ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य ९नारा० का साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको थियो।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा ‘साक्षरता र दिगोपना’ तय गरेको छ । युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ ।

नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । यसै विच आज त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्वाङ, बागलुङमा पनि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर शिक्षा दिवस मनाइएको छ । अघिल्ला सुक्रवारिय कार्यक्रममा पुरस्कार दिन वाँकी रहेको पुरस्कार र गत वार्षिक परीक्षाफलको पुरस्कार आज शिक्षा दिवसको अवसर पारेर वितरण गरिएको हो ।

कार्यक्रममा अनिसा पाठक स्मृति छात्रवृत्ति समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीसको प्रमुख आतिथ्यता, अतिरिक्त कृयाकलाप समितिका संयोजक वद्रिनाथ घिमिरेको अध्यक्षता, प्राचार्य ढालमणि भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै जिल्ला शिक्षा कार्यालय गुल्मीले साक्षरता दिवसको अवसरमा गरेको कार्यक्रमलाई शिक्षक महासंघकोको आह्वानमा गुल्मीका शिक्षकहरुलेबहिस्कार गरेका छन् । पटक पटक शिक्षकहरु संग सरकारले गरेका सम्झौताहरुको कार्यान्वयन नभएको, नयाँ बन्दै गरेको संविधानमा शिक्षकका सवाल नसमेटियको भन्दै शिक्षक महासंघको आयोजनामा छुट्टै कार्यक्रम भने सम्पन्न भएको छ ।

विभिन्न संघ संगठन संग आवद्ध झण्डै ४ सय जना शिक्षकहरुको र्यालीले तम्घास वजार परिक्रमा गरि कोष सभामा परिणत भएको नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटाले जानकारी दिनुभएको छ । महेन्द्र उच्च मावि तम्घासमा भएको सो कार्यक्रम नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटाको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष मेघराज खनालको संचालनमा सम्पन्न भएको थियो ।

बिगतमा नेपाल सरकार र शिक्षक युनियनबीच भएका सहमतिहरुको कार्यान्वयन सम्बन्धि बिषयमा निर्माणाधिन संबिधानमा उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्न र हालको शिक्षा सेवा आयोगलाई संबैधानिक अंगको रुपमा ब्यवस्था गर्न, शिक्षा ऐनलाई संसोसधन सहितका बिभिन्न हक हितका बिषयमा शिक्षक महासंघले २०७२ भदौ १५ गते देखि विभिनन चरणका आन्दोलनहरु गर्दै आएको जनाएको छ ।

यसै विच जिल्ला शिक्षा कार्यालय गुल्मीले शिक्षा क्षेत्रमा कलम चलाएर शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै शिक्षा दिवशको अवसरमा मंगलबार पत्रकार लाई सम्मान गरेको छ ।

शिक्षा कार्यालयले पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, कान्तिपुरका पत्रकार घनश्याम गौतम, एभिन्यूज टेलिभिजनका पत्रकार जनार्दन घिमिरे र सगरमाथाका टेलिभिजनकी पत्रकार गगनशिला खड्कालाई सम्मान गरेको हो ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेको हाम्रो देश नेपालमा मा हाल ९२ प्रतिशत साक्षरता दर रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा