२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

२२ भाद्र २०७२, मंगलवार ०७:५६

कमल पौडेल/भदौ २२, बागलुङ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य ९नारा० का साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको थियो।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा ‘साक्षरता र दिगोपना’ तय गरेको छ । युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ ।

नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । यसै विच आज त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्वाङ, बागलुङमा पनि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर शिक्षा दिवस मनाइएको छ । अघिल्ला सुक्रवारिय कार्यक्रममा पुरस्कार दिन वाँकी रहेको पुरस्कार र गत वार्षिक परीक्षाफलको पुरस्कार आज शिक्षा दिवसको अवसर पारेर वितरण गरिएको हो ।

कार्यक्रममा अनिसा पाठक स्मृति छात्रवृत्ति समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीसको प्रमुख आतिथ्यता, अतिरिक्त कृयाकलाप समितिका संयोजक वद्रिनाथ घिमिरेको अध्यक्षता, प्राचार्य ढालमणि भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै जिल्ला शिक्षा कार्यालय गुल्मीले साक्षरता दिवसको अवसरमा गरेको कार्यक्रमलाई शिक्षक महासंघकोको आह्वानमा गुल्मीका शिक्षकहरुलेबहिस्कार गरेका छन् । पटक पटक शिक्षकहरु संग सरकारले गरेका सम्झौताहरुको कार्यान्वयन नभएको, नयाँ बन्दै गरेको संविधानमा शिक्षकका सवाल नसमेटियको भन्दै शिक्षक महासंघको आयोजनामा छुट्टै कार्यक्रम भने सम्पन्न भएको छ ।

विभिन्न संघ संगठन संग आवद्ध झण्डै ४ सय जना शिक्षकहरुको र्यालीले तम्घास वजार परिक्रमा गरि कोष सभामा परिणत भएको नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटाले जानकारी दिनुभएको छ । महेन्द्र उच्च मावि तम्घासमा भएको सो कार्यक्रम नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष भिमलाल सापकोटाको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष मेघराज खनालको संचालनमा सम्पन्न भएको थियो ।

बिगतमा नेपाल सरकार र शिक्षक युनियनबीच भएका सहमतिहरुको कार्यान्वयन सम्बन्धि बिषयमा निर्माणाधिन संबिधानमा उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्न र हालको शिक्षा सेवा आयोगलाई संबैधानिक अंगको रुपमा ब्यवस्था गर्न, शिक्षा ऐनलाई संसोसधन सहितका बिभिन्न हक हितका बिषयमा शिक्षक महासंघले २०७२ भदौ १५ गते देखि विभिनन चरणका आन्दोलनहरु गर्दै आएको जनाएको छ ।

यसै विच जिल्ला शिक्षा कार्यालय गुल्मीले शिक्षा क्षेत्रमा कलम चलाएर शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै शिक्षा दिवशको अवसरमा मंगलबार पत्रकार लाई सम्मान गरेको छ ।

शिक्षा कार्यालयले पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, कान्तिपुरका पत्रकार घनश्याम गौतम, एभिन्यूज टेलिभिजनका पत्रकार जनार्दन घिमिरे र सगरमाथाका टेलिभिजनकी पत्रकार गगनशिला खड्कालाई सम्मान गरेको हो ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेको हाम्रो देश नेपालमा मा हाल ९२ प्रतिशत साक्षरता दर रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै