प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रि"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चुस्स स्वादिलो ब्ल्याक टी !

२० असार २०७५, बुधबार १४:१९

प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रित तातो पानी मिलाउनुहुन्छ र बनाउनुहुन्छ मज्जाको स्वादिलो ब्ल्याक टि । यो वहाँको दैनिकी नै बनिसकेको छ ।

 

कैलालीको लम्कीमा घर भएका जोशीले यो पेशा अपनाउन थालेको नै झण्डै दुई दशक भन्दा बढी भएको छ । हाल वहाँ गुलरिया नगरपालिकाको बजार क्षेत्रलाई नै आफ्नो व्यवसायिक क्षेत्र बनाएर चिया बेच्न लाग्नुभएको पनि ८ महिना भएको छ । कैलाली घर भएपनि यहाँको बजार र अवस्थिति अनि धेरै टाढा पनि जानु नपर्ने भएकोले यहि नै डेरा लिएर बसेको वहाँ बताउनुहुन्छ । वहाँ अहिले आफ्नै जीवन सँगिनीको साथमा बसिरहनुभएको छ । 

भारतको लखनउमाा सााडे ६ वर्ष जति यहि पेशा गरेको र जीवनको धेरै समय यस्तै काममा वितेकोले पनि यहि कामप्रति आकर्षण बढेको वहाँ बताउनुहुन्छ । दैनिक ८० देखि १ सय कपसम्म चिया बेच्नुहुने वहाँ बताउनुहुन्छ । 


वहाँले बनाउनुभएको चियाको स्वाद एकक पटक लिएमा सधैँ खाउँ खाउँ हुन्छ, त्यत्ति स्वादिलो चिया कसरी बनाउनुहन्छ भन्ने जिज्ञासामा वहाँले साझा सबाललाई भन्नुभयो, ‘मसलामा सबै कुरा अलैची ल्वाङ्ग सोप, ज्वानो लगायतका जडिबुटीहरु आफैले मिसाएर तयार गर्ने गरेको छु, त्यसैले पनि सबैले मैले बनाएको चिया पिउनुहुन्छ ।’

जीवनको उत्तरार्धतर्फ जाँदै गर्दा पनि वहाँ अझै सक्रिय हुनुहुन्छ र भन्नुहुन्छ, ‘जहाँसम्म सकिन्छ  पेशा गर्छु ।’ भारतका विभिन्न ठाउँमा १० १२ वर्षसम्म यहि काम गरियो भने झन् आफ्नै देशमा गर्न पाएकोमा खुशी छु । ‘थोरै लगानीमा मज्जाले गुजारा चल्ने भएकोले शरीरले साथ दिँदासम्म यहि पेशा गरिरहने छु, भन्नुहुन्छ डिल प्रसाद जोशी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै