२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

पहिरोमाथि बनाइएका घरको अनुदान रोकियो

२०७५, २३ असार शनिबार ०७:३४

असार २३, धादिङ | विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए । 

नुबू तामाङले पनि घर निर्माण सकेर तेस्रो किस्ताको लागि प्राविधिकलाई आग्रह गरिरहेका छन् । प्राविधिकले घर हेरेर तेस्रो किस्ताको सिफारिस गर्नुपर्छ । 

उनीहरुको घर हिन्दूङको पहिरोमाथि बनेको हो । पहिरो नजिकै बनाइएको घर प्राविधिकले हेरेर दोस्रो किस्ता सिफारिस गरेका हुन् । 

पहिरोमाथि रहेको ९३ घर अति जोखिममा रहेकोले बस्न नहुने भन्दै हालै सरकारले सो गाउँ स्थानान्तरण गर्नुपर्ने भन्दै गाउँमा जानकारी पठायो । तर गाउँमा २३ घर निर्माण भइसकेका छन् । 

पानी पर्न थालेपछि गाउँवासी गाउँछाडेर अर्को गाउँमा जानुपर्ने भएकोले उच्च जोखिम गाउँका मानिसका लागि अन्यत्र घडेरी लिनका लागि रु दुई लाख दिने घोषणा गरेपछि गाउँवासी कसरी घर निर्माण गर्ने र अर्को स्थानमा पुनः घर निर्माण गर्नु पर्दा कसरी गर्ने भन्ने अन्यौलमा रहेको सामाजिक कार्यकर्ता विजय तामाङले बताउनुभयो । 

सधैँभरि पहिरोको जोखिममा रहेको चपाङचेतका नेत्रबहादुर घलेले दोस्रो किस्ताको रकम लिनुभयो । बस्न अयोग्य भएकाले घलेले सरकारले दिएको रु दुई लाखले पाँचआना जग्गा समेत खरिद गरेका छन् । पहिरोमाथि घर बनेको छ । सरकारले दिने बाँकी अनुदान अब पहिरोमाथि नदिने र नयाँ जग्गामा घर बनाएमात्र दिने भएकोले सरकारले बस्न अयोग्य भने स्थानमा अनुदान समेत रोकेको जिल्ला कार्यान्वयन इकाई प्रमुख जिल्ला इन्जिनियर राजेन्द्र केसीले बताउनुभयो । 

चपाङचेतमा ४० घर रहेकोमा अधिकांशले गाउँमा घर बनाउन पहिलो किस्ताको रकम ल्याएर घर निर्माण गरिरहेका छन् । जिल्लाको १० बस्तीका २७६ घरपरिवार हाल बसिरहेको स्थानमा बस्न नहुने भनि भौगर्भिक इन्जिनियर र भूगर्भसास्त्रीको टोलीले अध्यायन गरी रुबिभ्याली, नेत्रावती र गैगाजमुना गाउँपालिकाका १० बस्ती बस्न अयोग्य भनि प्रमाणित गरेका थिए । 

सरकारले लामो समयपछि जिल्लाको केही बस्तीलाई बस्न नहुने बस्ती भन्दै गाउँलेलाई जानकारी दिएपछि पहिरोमाथि घर बनाउँदै गरेका अलमलमा परेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा