२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“सरकार जार काट्न मिल्ने कि नमिल्ने ?” – नाटक

२०७५, २४ असार आईतवार ०९:१३

प्रकाश सिलवाल | असार २४, काठमाडौँ | 

“महाराज ! 

बिन्ती मलाई छाडिदिनुस्” 

भर्खर विवाह गरेकी एक सुन्दर तामाङ युवतीलाई आफ्ना सुसारे लगाएर तत्कालीन श्री ३ जंगबहादुर राणाले दरबार लगेपछि ती युवती ग्याल्मोले जति पुकार गरे पनि घर फिर्ता हुन पाइनन् । उता गाउँमा उनका श्रीमान् सोनाम ग्याल्मोलाई गुमाउनुको पीडामा छटपटिरहेका थिए । उनी दरबारमा गएर आफ्नो जारलाई छिनाल्छु भन्दै घरबाट खुकरी लिएर निस्कन लाग्दा आफन्तले “दरबारसँग बलले होइन बुद्धिले लड्नुपर्छ” भनेर छेकेपछि एक दिन जुक्ति लगाएर दरबारमा भेट्न गए । उनी एक बूढो मानिसको भेषमा “जार काट्ने कानून” बारे बुझ्न श्री ३ महाराजलाई भेट्न पुगे । 

शरीर कुप्रो बनाउँदै दुई हात जोडेर “सरकार जार काट्न मिल्ने कि नमिल्ने ?” भनेर सोनामले सोध्दा महाराजबाट हुकुम भयो, “यति जाबो सोध्न यहाँसम्म आउनुपर्छ, जा गएर काट् ।” भनेपछि सोनाम रिसको चुरले “तैँ हो मेरो जार” भन्दै महाराजमाथि जाइलाग्न पुग्छन् । नाटकमा सोनाम र श्री ३ महाराज दुवै घाइते बनेको देखाइएको छ । 

जंगलमा दाउराको भारी मिलाउँदै गर्दा तत्कालीन श्री ३ जंगबहादुर राणाले शिकार खेलेर फर्कँदा युवतीलाई नै ‘आजको शिकार’ भन्दै दरबार लगेका थिए । यो कथा सोनाम र ग्ल्यामोको विवाह भइरहेको जग्गेमा दुलही पक्षले दुलाहा पक्षलाई सुनाएको कथा थियो । 

जंगबहादुर राणाको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किंवदन्तीमा आधारित यो नाटक ‘सोनाम ग्याल्मो’ को शिल्पी थिएटरमा जारी प्रदर्शनमा दर्शकको दैनिक भीड लाग्ने गरेको छ । 

साहित्यकार एवं पत्रकार फूलमान बलको लेखन र सोनाम मोक्तान तामाङको निर्देशनमा सेलो थिएटरको प्रस्तुति रहेको सो नाटकमा तत्कालीन श्री ३ जंगबहादुरले पत्थरघट्टामा शिकार खेल्न जाँदा घाँस दाउरा गरिरहेकी युवतीलाई अपहरण शैलीमा दरबारमा लगी रखौटी बनाएको र ती युवती फर्काउन उनका श्रीमान्ले गरेको संघर्ष केन्द्रभाग बनेको छ । तामाङ युवती श्रीमती ग्याल्मोले जति बिन्ती गर्दा पनि उनलाई दरबारबाट फिर्ता त के श्री ३ महाराजले बलात्कार गर्न थालेको घटना नाटकमा कारुणिक रुपमा देखाइएको छ । 


जंगबहादुरले नै जार काट्ने कानून बनाएको त्यस स्थितिमा सोनाम (सोनाम लामा) ले एक दिन दरबारमा पुगेर जार काट्ने कानूनबारे सोध्दै गर्दा सोनामले जंगबहादुरमाथि प्रहार गरेको संघर्षको विन्दुमा नाटकको अन्त्य हुन्छ । जंगबहादुरको मृत्यु जारको खुकुरी प्रहारबाट भएको थियो भन्ने प्रश्न गर्न नाटकले प्रेरित गरेको छ, तर घटना त्यहीँ विश्राम गरिएको छ । 

यही असार ११ गतेदेखि २५ गतेसम्म (मंगलबार बाहेक) साँझ ५:३० बजे प्रदर्शन हुने नाटक हेर्न मन्त्री, राजनीतिक दलका नेता र वरिष्ठ साहित्यकार पनि पुग्ने क्रम जारी छ । शनिबारको विशेष प्रदर्शनमा पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त नाटकले तामाङ सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गरी जंगबहादुरको मृत्युसम्बन्धी नयाँ किस्सा स्थापित गर्न खोजेको बताउनुभएको थियो । आजको प्रदर्शनमा दक्षिण कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामालगायत सहभागी हुनुभएको थियो । 

नाटकमा फूलकुमार बम्जन, सुसन लामा, चाँदनी लामा, निकिता बाइबा, निशा पाख्रिन, मात्रिका, मनोज तामाङ, सन्तोष तामाङ, सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ र साजन लामाले अभियन गरेका छन् । यस वर्षको राष्ट्रिय कविता महोत्सवमा प्रथम घोषित कवि बलको यसअघि ‘म्हेन्दोमाया’ नाटक प्रकाशन भयो । प्रदर्शन सकिएपछि ‘सोनाम ग्याल्मो’ पनि प्रकाशन गर्ने लेखकको तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता