Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउँदै

By साझासवाल

असार २६, पोखरा | कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ ।

कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्यका साथ योजनाको खाका तयार गर्न लागिएको जानकारी दिइयो ।

कार्यक्रममा सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतमले सरकारी, सार्वजनिक संस्था, निजी क्षेत्रका साथै स्वरोजगार समेतलाई समेट्ने गरी योजना तयार भइरहेको बताउँदै योगदानमा आधारित निवृत्तिभरण योजना, वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर योजना, योगदानमा आधारित बृहत् सामाजिक सुरक्षा योजनाजस्ता कोषका भावी योजना भएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिंडारीले सञ्चय गरेअनुरुपको उचित प्रतिफलसमेत दिने गरी आगामी कार्ययोजना विस्तार हुनुपर्ने बताउनुभयो ।

सञ्चयकोष पोखरा कार्यालयका प्रमुख दिलीपराज पौडेलले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गरी सामाजिक सुरक्षाको क्षेत्रमा कोषको पहुँच र योगदानमा विस्तार गर्ने कोषको प्रतिबद्धता भएको बताउनुभयो । कोषका नायव मुख्य अधिकृत जीवनकुमार कटुवाल र अर्जुनकुमार गौतमले पाँचवर्षीय रणनीतिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नाका साथै उक्त संख्यालाई वृद्धि गर्ने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चयकर्ताले गर्ने लगानीमा सञ्चयकर्ताप्रतिको जवाफदेहिता आवश्यक हुने धारणा राख्नुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनायण पौडेल, आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसाललगायतले सञ्चयकर्ता र सञ्चयकोषका कर्मचारीबीच जलविद्युत्लगायत अन्य संघसंस्थामा गरिने लगानीमा विभेद हुन नहुनेमा जोड दिनुभयो ।