2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली जलविद्युत केन्द्रमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

रामहरि  न्यौपाने/असार २६, नुवाकोट । त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत गढबढी हुदाँ मंगलबार अपरान्ह आगलागी भएको छ ।

जलविद्युत गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । 

आगलागीबाट बसबार जलेर पूर्ण रुपमा  क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेकाले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

उहाँको अनुसार आगो निभाउन फायर एक्सटिनगुईसर उपकरण प्रयोग गरेपनि त्यो प्रयाप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउदाँ विद्युतीय उपकरणहरुमा समेत थप क्षति पुगेको हुनसक्ने देखिएको छ । 

आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत गृहका कर्मचारी, स्थानीयबासी लगायत परिचालन भएका छन् । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन करिब पाँच घण्टा लागेको थियो । आगलागी पश्चात २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । 

विसं २०२३ सालदेखि विद्युत सुरु गरेको यस केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई