२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको नौगाड गाउँपालिका बाढी पहिरोको चपेटामा (हेर्नुहोस १२ तस्बीर)

२०७५, २७ असार बुधबार ०६:१५

लोकेन्द्र प्रशाद जोशी/असार २७, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका बाढी र पहिरोको उच्च जोखीममा रहेको छ । केहि दिनदेखी भइरहेको निरन्तरको बर्षाका कारण नौगाड खोलामा बाढी आएर गाउँपालिका, सदरमुकामसहित नौगाडको ठुलो भुगोल बिपद्को जोखीममा रहेको स्थानियले बताएका छन् ।


नौगाड खोलाको बाढीले गाउँपालिकाको धुलिगडा खार खडकखन्डका साथै बिभिन्न भेग जोड्ने बाटोघाटो अबरुद्ध भएका छन । मनबिर ठगुन्नाको एक पसल, स्थानियहरुका केहि घरहरु बगाउनुका साथै होपरीगाड बस्तीका सयौ घर पसलहरु बाढी पहिरोको उच्च जोखीममा रहेको स्थानिय प्रेम ठगुन्नाले बताउँनुभयो । भौतिक क्षति भएपनि मानबिय क्षति नभएको र बाढी पहिरो प्रभाबितहरुलाइ सुरक्षित स्थानतर्फ ब्यबस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनुभयो ।

नौगडेश्वरी प्राबि र समैजि निमाबि सौकेबगरको प्राङगण सम्म कटान भएर बिद्यालय उच्च जोखीममा रहेका छन् । स्थानियको ठुलो मात्रामा घर र जमिन बगाएको छ । खार र गोदानी खोलामा यसैबर्ष लगाइएका दुइ ओटा आरसिसि पुल समेत बाढीले बगाएको छ । नौगाड गाउँपालिका १ मा रहेको प्राबि लक्सेरीको माथीबाट पहिरो खसेर उच्च जोखीममा रहेको छ । बाढी र पहिरोको जोखीममा रहेका नौगाड गाउँपालिकाका बिद्यालयहरु बन्द गरीएका छन । अझैपनि नदीमा पानिको सतह घटीनसकेको कारण सतर्कता अपनाउँन गाउँपालिकाले सबैलाइ आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी