२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अस्पतालको शैयामा छटपटाउँदै सनम, सहयोगको लागी अपिल

२०७५, २८ असार बिहीबार ०८:१२

असार २८, इलाम | दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको शैयामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् । 

आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । उनको उपचारका लागि अस्पतालले रु १५ लाख खर्च लाग्ने भनेपछि उनकी आमा हर्कमाया तामाङ चिन्तित हुनुहुन्छ । “छोराको उपचारका लागि सहयोग जुटाउँदै हिँडिरहेकी छु”, हर्कमायाले भन्नुभयो, “छोराको उपचारका लागि मेरो र श्रीमान्को नाममा भएको १३ रोपनी जग्गा सकियो, अझै पनि ठीक भएको छैन ।” 

जग्गा बिक्री गरेर छोराको उपचार गरे पनि अझै निको भएको छैन दुखेसो पोख्दै हर्कमायाले भन्नुभयो, “बज्रपात पनि गरिबलाई मात्र पर्दाेरहेछ ।” उपचारका लागि स्थानीय सहकारी संस्थाबाट डेढ लाख रूपैयाँ ऋण लिइसक्नुभएको छ सनमको परिवारले । ऋण माग्दा पनि अहिले कसैले नपत्याउने स्थितिमा पुगेको हर्कमाया बताउनुहुन्छ । 

भक्तबहादुरका तीन भाइछोरा र दुई बहिनी छोरी छन् । सनम कान्छा हुन् । 

सनमकी श्रीमती पनि उनी बिरामी परेपछि परिवारसँग सम्पर्कविहीन छन् । श्रीमान्लाई अस्पताल लिएर गएकी बुहारी अस्पतालबाटै सम्पर्कविहीन भई हर्कमायाले भन्नुभयो । सनमलाई ११ दिनसम्म आइसियुमा राखिएको थियो । आइसियुमा राख्दा धेरै खर्च लाग्यो, ऋण तिर्ने कुनै उपाय छैन, आमा हर्कमायाले भन्नुभयो । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खाता नम्बर २२५००२१९१११० मा खाता खोल्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से