२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा बाढी र डुवानबाट बच्न उच्च सर्तकता

२०७५, २९ असार शुक्रबार ०७:१४

टेकबहादुर शाही/असार २९, डोल्पा | देशभर भारि बर्षाले क्षति पुर्याइरहेको बेलामा जिल्ला प्रशासन डोल्पाले बाढि र बर्षाबाट उच्च सर्तक रहन जिल्लाका सबै नागरिकलाइ आग्रह गरेको छ ।


उच्च हिमाली र भौगोलिक बिकटता रहेको जिल्ला डोल्पामा बर्षासंगै बाढि र पहिरो आउने गर्दछ । कम्जोर जमिन र भिरालो पहाड भएको कारण पहिरोको उच्च जोखिमम रहेको बुद्धिजिवीहरु बताउछन । 

सदरमुकाम दुनै लगायत नदिको किनारा क्षेत्र र पहिरोको जोखिम रहेका बस्तिहरुमा बसोवास गर्ने जिल्लाका नागरिकलाइ समयमै सुरक्षित क्षेत्रमा बसोवास गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । 

उनले भने-बर्षा र नदिको पानीको बहाब बढ्दो अबस्थामा रहेकोले हरेक नागरिकले आफना बालबच्चालाई हिलो तथा नदि किनारमा जान नदिनुका साथै ठुला मान्छेहरु पनि दाउराको लागि भेरिमा नपस्न अनुरोध गरेको बताए ।  


जिल्लाका नागरिकले बिपत पूर्व सुचना तथा अबस्था वा सम्भावना बुझनको लागि जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको फोन नम्बर ०८७–५५०१५४ र जिल्लामा घटना घटेको भए तत्तकाल जानकारी गराउन प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८३०७७७७ मा फोन गरि जानकारी गराउन जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ । 

त्यसका साथै बिपत पूर्व सुचना प्राप्त गर्न जल तथा मौसम बिभागको वेवसाइट (www.hydrology.gov.np)बाट जानकारी लिनुका साथै स्थानीयतहका नगरपालिका र गाउपालिकाका स्थानीय बिपत ब्यवस्थापन समितिसंग सहकार्य गरि बिपतको बेलामा बच्न सबैमा सुचना जारी गरि आग्रह गरेको छ । 


सुख्खा र भिरालो जमिन भएको कारण सानो पानिले पनि ठुलो बाढि र पहिरो ल्याउन भएको कारण जिल्लाको सबै क्षेत्र बर्षाको समयमा जोखिम पूर्ण रहेको छ । 

साना खहरे खोलाहरु पनि बर्षाको समयमा अत्याधिक बढ्ने र बाढी आइ लाखौको क्षेति पुर्याउने गरेकोले खोला तथा नदिको किनाराका बस्तिहरु र पहिरोका जोखिमका बस्तिहरुलाइ सचेत रहि सुरक्षित स्थानमा बसोवासको ब्यवस्था गर्न स्थानीय सरकारलाइ अनुरोध गरेको प्रजिअ थापाले जानकारी दिए । 

जिल्लाको सदरमुकाम दुनै भेरि नदिको किनारमा रहेकोले डुवानको जोखिममा रहेको छ भने अन्य गाउका बस्तिहरु पहिरो र बाढिको खतरामा रहेका छन । डोल्पाका पाहाडा र जुफालको डागीवाडाका बस्तिहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । जहा पूरै बस्तिहरु पहिरोको जोखिममा रहेका छन जिल्ला प्रशासनले बेलाबेलामा बस्ति स्थानान्तरण गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । 

जिल्लामा बाढि तथा पहिरो र अन्य प्राकृतिक बिपत्ती परेको खण्डमा तत्काल उद्धारका लागि बिपत उद्धार टिमको ब्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार प्रहरीले मात्रै सबै क्षेत्रमा उद्धार गर्न नसक्ने भएकोले सबै स्थानीयतहमा टोलटोलमा आपतकालिन उद्धार टोली तयार गर्नु पर्ने सुझाब दिएको छ । त्यसो भएमा मानवीय तथा आर्थिक क्षति कम हुने प्रहरीको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला