2026-07-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि गरिबीका आधारमा तीन प्रकारका कार्ड बाँडिदै: अति गरिबले रेडकार्ड पाउने

असार २९, काठमाडौं । सरकारले आर्थिक अवस्थाको आधारमा तीन प्रकारका कार्डहरु वितरण गर्दैछ । साथै नागरिकहरुले कार्ड पाए अनुसार सेवा-सुविधा समेत बेग्ला-बेग्लै तरिकाले पाउने व्यवस्था सरकारले मिलाउने जनाएको छ ।

सरकारले आजदेखि २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि परिचयपत्र वितरण सुरु गरेको हो । नव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् । सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् ।

सरकारले बाड्न सुरु गरेको कार्ड तीन किसिमका छन् । जसमा रातो कार्ड, पहेँलो कार्ड र नीलो कार्ड रहेको छ । रातो कार्ड अति गरिवले पाउनेछन् भने मध्यम गरिवले पहेलो कार्ड पाउनेछन्, त्यस्तै सामान्य व्यक्तिहरुले नीलो कार्ड पाउनेछन् । कार्ड वितरण गर्ने क्रममा पहिलो चरणमा पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्याङ्क संकलन गरेकोमा १ लाख ८८ हजार २ सय ३२ परिवारलाइ रातो कार्ड, १ लाख २९ हजार ७५४ लाई पहेँलो कार्ड र ८३ हजार ८४५ परिवारलाई नीलो कार्ड दिईनेछ ।

बोर्डले तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँचीबाट गरीब घरपरिवारको तथ्याङ्क संकलन गरेको थियो । कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर र सिराहा गरिब परिवार पहिचान भएका छन् ।

सरकारले कार्ड वितरण सुरु गरेतापनि परिचयपत्र पाएकाहरुले सरकारबाट के-के कुरामा सुविधा पाउनेछन् भन्ने बारे भने टुंगो लगाएको छैन । बाँकी जिल्लाहरुमा पनि अबको २ बर्षमा गरिव/धनी पहिचान गरि कार्ड वितरण गर्ने सरकारी लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक