2026-10-18 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालमैत्री वडा घोषणा

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । 

आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको छ भन्नुभयो । 

धरानका धार्मिक एवं ऐतिहासिक तीर्थस्थलका रुपमा रहेको विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा कार्यक्रममा प्राध्यापक डा टंक न्यौपाने, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ र उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले आ–आफ्नो धारणा राख्दै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य शहर बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गर्नुभयो । 

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडाका बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । २० वटा वडा रहेको धरान उपमहानगरपालिका–१३ लाई पनि यसअघि नै बालमैत्री वडा घोषणा गरिसकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु