२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वका ६ खतरनाक विमानस्थल, नेपालको यो एयरपोर्ट पनि विश्वको खतरनाक सुचिमा

२०७५, ३० असार शनिबार ०८:५६

विमानस्थल हर्वाइ जहाजलाई सुरक्षित अवतरण गर्नका लागि निर्माण गरिन्छ । हर्वाइ जहाज यातायातको साधान भएकाले सबै स्थानका विमानस्थल सुरक्षित हुन्छन् भन्ने छैन ।

धवानमार्गका आधारमा विमानस्थल कतिको सुरक्षित छ भन्ने निर्कोल गर्ने गरिन्छ । विमानस्थलका लम्बाई १८ सय मिटरदेखि २४ सय मिटरसम्मका हुने गरेका छन् । तर, विश्वका केहि खतरनाक विमानस्थलका लम्बाई ४ सय मिटर र पहाड र खाल्टोको बीचमा अवस्थित छन् ।

१. नेपालः तेनजिङ-हिलारी एयरर्पोट

नेपालको तेनजिङ-हिलारी एयरर्पोट खतरा र रोमान्चको अर्को नाम हो । हिमालका बीचमा अवस्थित एयरर्पोटको लम्बाई ४ सय ६० मिटर छ ।

यस एयरर्पोटमा सानो विमान र हेलीकप्टर अवतरण गर्ने गरिन्छ । रनवेको उत्तरमा पहाड र दक्षिणतर्फ ६ सय मिटर गहिरो खाल्डो छ । एक गल्तीले ठूलो क्षति निम्ताउन सक्नेछन् । सो एयरर्पोटबाट उठान र अवतरण गर्दा नयाँ जीवन पाइएको अनुभूति हुने यात्रीहरु बताउँछन् ।

२.स्कटल्याण्डः बार्ररा एयरर्पोट

संयुक्त राज्य बेलायतको स्कटल्याण्डको बार्ररा एयरर्पोट पनि विश्वको खतरनाक एयरर्पोटको सूचीमा छ ।

यो एयरर्पोट ट्रेग मोर समुद्री किनारमा अवस्थित छ । बार्ररा टापुमा अवस्थित एयरर्पोटको रनवे त्रिकोणीय आकारमा छ । विमानलाई बालुवामा अवतरण सहज गर्नका लागि काठको पुल बनाइएको छ ।

३. माल्दीप्सः माले एयरर्पोट

माल्दीप्सको माले इनटरनेशनल एयरर्पोटमा उडान गर्नका लागि पाइलटलाई निकै चुनौतीपूर्ण हुने गर्छ ।

यो संसारको एक मात्र यस्तो विमानस्थल हो, जुन समुद्री किनारबाट जम्मा २ मिटर उचाईमा छ । यस एयरर्पोटमा विमानको अवतरण र उडान पानीसँग हुन्छ ।

४. साबाः इरास्किन एयरर्पोट

क्यारेवियन साबाको इरास्किन एयरर्पोटको लम्बाई ३ सय ९६ मिटरको छ । तीनतर्फबाट समुद्रले घेरिएको छ भने अर्कोतर्फ पहाड छ । यो एयरर्पोट पहाडको टाकुरोमा अवस्थित छ ।

५. अमेरिकाः कोलोरेडो एयरर्पोट

अमेरिकाको कोलोरेडो एयरर्पोट २ हजर ७ सय ६७ मिटर उचाईमा छ । यो उत्तर अमेरिकाको सबैभन्दा उच्च स्थान निर्मित एयरर्पोट हो ।

एकतर्फी रनवे भएको एयरर्पोट रक्की पहाडको एक हिस्सामा निर्माण गरिएको छ । एयरर्पोटको सामूने ३ सय मिटर गहिरो सान मिगुल नदी बग्छ ।

६.हङकङः काई टाक एयरर्पोट

हङकङको काई टाट एकदमै खतरनाक एयरर्पोट थियो । अहिले यो एयरर्पोट प्रयोगमा छैन । तर, सन् १९२५ देखि १९९८ सम्म विमानहरुले अवतरण र उडान गर्ने गथ्ये ।

विमानस्थलको दुवैतर्फ अग्ला भवन थिए । अवतरण र उडानको समय झ्यालबाट सजिलै घरभित्रमा मानिस देख्न सकिन्थ्यो । साथै, ठूला विमानका लागि यसको रनवे सानो थियो । एजेन्सीबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते