2026-10-29 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डोल्पामा भिरबाट लडेर कैलालीका एक वृद्धको मृत्यु

असार ३२, डोल्पा | डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ । 

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर जानुभएका उहाँ साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आउनुभएका हरि वादीले बताउनुभयो । 

प्रहरीचौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताउनुभयो 

बलात्कारको आरोपमा युवक पक्राउ 

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै र निजलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान पनि भइरहेकाले प्रमाणित भएमा कानून बमोजिम मुद्दा चलाइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने