२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डोल्पामा भिरबाट लडेर कैलालीका एक वृद्धको मृत्यु

२०७५, ३२ असार सोमबार ०९:३०

असार ३२, डोल्पा | डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ । 

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर जानुभएका उहाँ साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आउनुभएका हरि वादीले बताउनुभयो । 

प्रहरीचौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताउनुभयो 

बलात्कारको आरोपमा युवक पक्राउ 

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । असार ३१ गते दिउँसो उनले ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थान निवासी २५ वर्षीय जीतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै र निजलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान पनि भइरहेकाले प्रमाणित भएमा कानून बमोजिम मुद्दा चलाइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी