२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चिसापानीमा सर्पदंशको उपचार शुरु

३ श्रावण २०७५, बिहीबार ०२:३२

 साउन ३, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । 

यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो । 

यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ । 

अस्पतालमा आएका सर्पदंशका सामान्य बिरामीलाई त्यहीँ नै उपचार गरिँदै आइएको छ भने जटिल खालका बिरामीका लागि जोखिम न्यूनीकरण गरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरिएको छ । 

सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो । 

चिसापानी अस्पतालमा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगविरुद्धको एन्टी रेबिज सुई सेवासमेत शुरु भएको छ । चिसापानी अस्पताल १५ श्यया क्षमताको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का