२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चिसापानीमा सर्पदंशको उपचार शुरु

२०७५, ३ श्रावण बिहीबार ०२:३२

 साउन ३, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । 

यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो । 

यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ । 

अस्पतालमा आएका सर्पदंशका सामान्य बिरामीलाई त्यहीँ नै उपचार गरिँदै आइएको छ भने जटिल खालका बिरामीका लागि जोखिम न्यूनीकरण गरी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरिएको छ । 

सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो । 

चिसापानी अस्पतालमा कुकुरको टोकाइबाट लाग्ने रेबिज रोगविरुद्धको एन्टी रेबिज सुई सेवासमेत शुरु भएको छ । चिसापानी अस्पताल १५ श्यया क्षमताको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर