2026-08-29 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाको अवस्था तनावग्रस्त, केसी समर्थकमाथि अश्रुग्यास प्रहार

साउन ३, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि हातपात गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् ।

डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

तर, डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन् ।

अवरोधपछि मुख्यमन्त्री शाही नेतृत्वको टोली डा. केसीलाई नभेटी फर्किएको थियो । तर, केहीबेरमा नै प्रहरी प्रतिष्ठानमा पुगेपछि अवस्था तनावग्रस्त बनेको हो ।

झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर ‘अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठी चार्ज प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ