2026-07-25 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

साउन ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएको छ । 

बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । 

चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ । 

फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् । 

महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गर्नुभयो । 

काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक