१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शितल युवा क्लवको शिवरात्रि मेला सुरु

२४ फाल्गुन २०७२, सोमबार १५:२४

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) ।शितल युवा क्लव दगातुन्डाडा ८ जिमि राक्सेको प्रथम वार्षिकोत्सव तथा शिवरात्रि मेला आज देखि सुरु भएको छ। आज वयोवृद्ध समाजसेवि ९२ वर्षिय नन्दराम थापाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

आज भएको उद्घाटन कार्यक्रमममा दगातुन्डाडा गाविसका सचिव एवं अध्यक्ष गिता पौडेल, नेपाली काग्रेसका क्याप्टेन गन वहादुर श्रीस, नेकपा एमालेका दगातुन्डाडा अध्यक्ष रेम वहादुर भुजेल , एकिकृत नेकपा माओवादीका काँसिराम वि.क., राष्ट्रिय जनमोर्चाका वोम वहादुर थापा, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल, क्लवका सल्लाहकार संयोजक होसियार सिंह थापा, सल्लाहकार सदस्य सुनिल शेरचन, दुर्गादत्त अर्याल, लेकवेसि कृषि सहकारी संस्थाका गोकुल गिरि, महिला जागरण केन्द्रका राधिका खरेल, त्रिभुवन उमाविका वद्रिनाथ घिमिरे, दरमखोला जलविद्युत सहकारी रिघाका सचिव डम्वर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रेमलाल अर्यालको अध्यक्षता, सदस्य जमुना गिरिको स्वागत मन्तव्य तथा सचिव शिवलाल वनको संचालनमा सम्पन्न भएको थियो । यसै विच आज भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ। ३ दिन सम्म चल्ने कार्यक्रममा विविध प्रतियोगीतात्मक कार्यक्रम सहित सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

यसै विच आज महासिवरात्रिको अवसरमा गुल्मीको मुसिकोट, दगाको दगा शिवालय मन्दिर, वामीको परुवा, लगाएतका शिवालयहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु