२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिसडोल भरिँदा उठेन फोहोर

२०७५, ५ श्रावण शनिबार ०५:५१

साउन ५, काठमाडौँ | एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन । 

अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनाँै स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ । 

काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर व्यवस्थापन गर्न समस्या भएको हो । 

लामो समय यसरी थुप्रिएको फोहरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएको छ । हरेक दिन काठमाडौँ उपत्यका(१८ नगरपालिका) बाट दैनिक एक हजार मेट्रिक टन( काठमाडौँ महानगरपालिकाबाट ५०० मेट्रिक टनसहित) फोहर निजी र कामपाका गरी १५० गाडीमार्फत बञ्चरे डाँडामा व्यवस्थापन हँुदै आएको छ । 

कामपाका सहप्रवक्ता नवराज ढकालले भने गत मंगलबारदेखि नियमित फोहर उठिरहेको जानकारी राससलाई दिनुभयो । ढकालले नियमित फोहर उठिरहेको बताए पनि उपत्यकाका विभिन्न स्थानमा प्रशस्तै फोहरको थुप्रो देखिन्छ । 

सिसडोलमा व्यवस्थापन गर्ने स्थान मात्र होइन वर्षात्का कारण बाटो पनि बिग्रिएको र समय समयमा मर्मत गर्दै फोहर लानुपर्ने भएकाले नियमित व्यवस्थापन गर्न समस्या भएको कामपाको भनाइ छ । “वर्षात्को समय छ, नियमितजसो पानी परिनै रहन्छ, अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने फोहर व्यवस्थापनमा पुनःसमस्या नआउला भन्न सकिँदैन”, ढकालले भन्नुभयो । 

नियमित रूपमा फोहर संकलन शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आआफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाल घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले पछि घरमा नै फोहरको गाडी आउने जनाएको छ । 

कामपाले १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोल लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै नुवाकोट, सिसडोलका बासिन्दाले सो स्थानमा अब फोहर नराख्न आग्रह गर्दै आएका छन् । 

केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थानभन्दा केही पर नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न केन्द्र निर्माण गर्ने भनिँदै आए पनि हालसम्म केही काम भएको छैन । कामपाले फोहर व्यवस्थापन केन्द्र सरकारले निर्माण गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयक समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ