१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खर्वाङमा १६ जनाको मोतियाविन्दुको अप्रेशन गरियो

२५ फाल्गुन २०७२, मंगलवार १३:१५

कमल पौडेल/ फागुन २५, बागलुङ (खर्वाङ) ।  हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटि खर्वाङ उपशाखाको स्थानिय व्यावस्थापन, लायन्स क्लव अफ धौलागिरि, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लव अफ बागलुङ सिटिको सह आयोजना तथा नेपाल नेत्र ज्योती संघ बागलुङको आयोजना मा संचालित ३ दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर खर्वाङमा सम्पन्न भएको छ ।
motiya bindu 1शिविरमा १६ जना विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको तथा ४ सय वढि विरामीको आँखा जाँच गरिएको नेपाल रेडक्रस सोसाईटि खरवाङ उपशाखाका सभापति विष्णु प्रसाद भुसालले जानकारी दिनुभएको छ। गुल्मी तथा बागलुङका विभिन्न गाविसका विरामीहरुले सेवा लिएको आयोजकले जनाएको छ। मोतिया विन्दुको शल्यक्रिया गरेकी गुल्मी मुसिकोट ६ कि ९३ वर्षिया वाल कुमारी सारुले वुढेसकालमा आँखा देख्न पाएको भन्दै खुसि व्यक्त गरिन् । जिवनको कल्कलाउँदो उमेरमै मोतिया विन्दुको संक्रमणमा परेका गुल्मी पौंदिअमराई ६ का १४ वर्षिय कृष्ण रावलले शल्यक्रिया पछि खुसि व्यक्त गर्दै अव आफ्नो पढाईमा ध्यान दिने वताए । उता वुर्तिबाङ ९ घोसाखानीका नर वहादुर वि.क. र उनकि श्रीमति राम मति वि.क. दुवै जनाको मोतिया विन्दुको शल्यक्रिया भएपछि निकै खुसि भएको अनुभव साटे ।

motiya bindu
यसै विच आज विहान भएको औपचारीक शल्यक्रिया उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघ बागलुङका अध्यक्ष ध्रुव वहादुर केसिले सन् २०२० सम्ममा नेपाल वाटै अन्धोपन निवारण गर्ने अभियान जारी रहेको वताउनु भएको छ। अझै पनि वालवालिकामा हुने आँखाको समस्या वाहिर आउन नसकेको भन्दै वालवालीकाको आँखामा ख्याल गरिदिन अभिभावकहरुलाई आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा लायन्स क्लव को तर्फवाट लायन्स क्लव अफ वागलुङ कालिकाका अध्यक्ष नरेश कँडेल, दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गिता पौडेल, लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडा उपशाखाका सभापति विष्णु प्रसाद भुसालको अध्यक्षता तथा सचिव होमनाथ अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल