१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

थापाको १६ औं दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न

११ चैत्र २०७२, बिहीबार १४:०४

कमल पौडेल/ चैत ११, बागलुङ (खरवाङ) । नेकपा एमाले दगातुन्डाडाको आयोजनामा पार्टिका संगठित सदस्य निर्मला पुलामी थापाको १६ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा दगातुन्डाडा १ ओवाङमा सम्पन्न भएको छ।

सभामा बोल्ने वक्ताहरुले थापाको योगदानको चर्चा गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा ने.क.पा. एमाले जिल्ला कमिटि बागलुङका सदस्य विना थापा, क्षेत्रिय कमिटि सदस्य इश्वर थापा, वार्ड कमिटि अध्यक्ष बोम वहादुर सलामी, अनेरास्ववियू जिल्ला सदस्य दिनेश थापा लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेकपा एमाले गाउँ कमिटि दगातुन्डाडा का अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता एवं सचिव आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।
baglung sajhasabal 1
निर्मलाको ४४ वर्षको अल्पआयुमै यहि फागुन २५ गते उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो । विद्यार्थी जिवन देखिनै कम्यूनिष्ट राजनितिमा लागेकी निर्मला एमालेका जनवर्गिय संगठनहरुमा सक्रिय हुनुहुन्थ्यो । विवाह नगरेकी निर्मला, सिद्धपुर प्राथमिक विद्यालय दगातुन्डाडा २ मा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

baglung sajhasabal 2

यसै विच परिवारको सहयोगमा विद्यालयमा ६० हजार वरावरको निर्मला स्मृति अक्षय कोषको स्थापना गरिएको छ। अक्षयकोषवाट प्राप्त व्याज रकमले हरेक वर्ष फागुन २५ गते गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक इश्वर थापाले जानकारी दिनुभएको छ।

baglung sajhasabal 3

baglung sajhasabal 4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते