२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ गुल्मीको सातौं वार्षिकोत्सव सम्पन्न

२०७२, २० चैत्र शनिबार ११:२७

कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ ६ ठूलोपोखरा, गुल्मीको सातौं बृहत वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि विद्यालय निरिक्षक पिताम्बर पन्थीले विद्यालयले गरेको शैक्षिक प्रगतिको प्रसंसा गर्नुभएको छ।

शिक्षाले विद्यार्थीको चौतर्फि विकास गर्नुपर्ने भन्दै पन्थीले शिकाईले व्यावहार परिवर्तन गर्न सक्नु पर्ने वताउनु भएको छ। कार्यक्रममा नेशनल प्याप्सन गुल्मीका अध्यक्ष ओम टण्डन, सचिव श्रीराम महत, पृथ्वी उच्च माविका शिक्षक गुप्त वहादुर कार्कि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल बसन्त अधिकारीले आगामी शैक्षिक सत्रमा सुचना संचार प्रविधिको प्रयोग गर्ने प्रतिवद्धता सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आजको कार्यक्रममा ई पुस्तकालय तथा प्रोजेक्टरको उद्घाटन गरिएको छ। कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोग दाता, पत्रकार, कलाकार लगाएतलाई सम्मान समेत गरिएको थियो । त्यस्तै शैक्षिक वर्ष २०७२ को वार्षिक परीक्षाको परीक्षा फल समेत प्रकाशन गरिएको छ। जसअनुसार कक्षा ३ कि सजना राना मगर ९९.१ प्रतिशत अंक सहित प्रथम भएकि छन् । कार्यक्रममा विद्यार्थीका प्रतिभाहरु प्रस्तुति, विज्ञान सामाग्रिको प्रदर्शनी तथा विश्लेषण, कलाकारको प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बाबुराम पन्थी, लोक गायीका तथा मोडल जानकी तारमी मगर लगाएतले आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका उपाध्यक्ष भिम कार्किको अध्यक्षता तथा संचारकर्मि लक्ष्मी पौडेलको संचालनमा सम्पन्न भएको थियो । २०६५ सालमा स्थापना भएको सो आवासिय विद्यालयमा नयाँ शैक्षिक सत्र २०७३ को लागी मंगलवार बाट कक्षा नर्सरी देखि कक्षा ७ सम्म भर्ना आह्वान गरिएको प्रिन्सीपल बसन्त अधिकारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु