2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखाको भिरकोटमा बोलेरो जिप दुर्घटना, १ जनाको मृत्यु २ घाईते

ताराबहादुर महत । श्रावण ८, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा न. १ भिरकोटमा मंगलवार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चरिकोटबाट काठमाडौं जाँदै गरेको बा १९ च ५४२० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई भिरकोटको माझी गाउँमा  दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नं ७ का मनहरी थापाको घटना स्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । मृतक थापा जिल्ला समन्वय समिति दोलखामा नायब सुब्बा पदमा कार्यरत कर्मचारी हुन ।

 दुर्घटनामा परी जिल्ला समन्वय समिति दोलखाका इन्जिनियर नारायण शिवाकोटी र गाडी चालक कर्णबहादुर कुसुले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी प्रहरी निरिक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनाका गम्भीर घाईते  शिवाकोटीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उनको टाउको,  तालुको भाग र देब्रे आँखामा पनि गहिरो चोट देखिएको छ । चालक कुसुलेको धुलिखेल अस्पताल किर्नेटारमा उपचार भईरहेको छ । घाईते दुवै जनालाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय विभिन्न कारणले दोलखामा बोलेरो गाडी दुर्घटना  हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई