२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा

२०७५, १० श्रावण बिहीबार १०:१४

राम केसी | साउन १०, चौतारा | अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । 

गत असार अन्तिम सातामा सो सडक खण्डको विभिन्न स्थानमा पहिरो र नदी कटानले अवरुद्ध भएको तीन साता बित्न लाग्दा पनि सम्बन्धित निकायले अझै खुलाउने प्रयास नगरेपछि स्थानीय बासिन्दाको आवागमनमा कठिनाई पुगेको हो । 

गत असार २६ गतेको अविरल वर्षाले भोटेकोशीको बहाब बढेपछि नौ किलो भन्ने स्थानमा ७० मिटर सडक नदीले कटान गरेको थियो । 

तातोपानी बजार क्षेत्रमा ५० मिटर र कोदारीस्थित इको रिसोर्ट नजिक ५० मिटर सडक पहिरो र नदी कटानले क्षत्विक्षत भएको छ । नौ किलोको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधका कारण कटान भएकाले आयोजनाले नै बनाइदिने विषयमा छलफल भइरहेको र हाम्रोतर्फबाट पनि सम्बन्धित निकायमा बजेट माग गरिएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख जिल्ला इञ्जिनियर अशोक तिवारीले बताउनुभयो । 

नदीबाट उठाउन करीब ३० मिटर उचाइ पर्ने र माथि बस्ती भएकाले भित्तो काट्न पनि नमिल्ने हुँदा नदीको पानी घटेपछि काम गर्न सजिलो हुने जिल्ला इञ्जिनियर तिवारीको भनाइ छ । 

बाँध स्थलको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाकै कारण बिग्रेको हँुदा यस अघि आयोजनाले बनाइदिएको र अब उसैले बनाउनुपर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको भनाइ छ । 

सडकको अभावमा पैदल हिँड्नसमेत कठिनाइ परेको छ । खाद्यान्नलगायतका सामग्री २६ किलोमिटर तलको बाह्रबिसे बजारबाट लानुपर्ने हुँदा स्थानीयको दैनिक जीवन ज्यादै कष्टकर बनेको अध्यक्ष पौडेल थप्नुहुन्छ । 

अवरुद्ध सडक खुलाउन बजेट निकासा तुरुन्तै भए चाँडै खुलाइने र निकासा ढिला भए दशँैपछि पनि पुग्नसक्ने जिल्ला इञ्जिनियर तिवारी बताउनुहुन्छ ।

त्यस क्षेत्रमा दैनिकजसो पानी पर्ने र नेपाल–चीनको सीमा नदी भएकाले भोटेकोशी नदीको बहाबमा कमी आउन विगतको अनुभवलाई दृष्टिगत गर्दा कम्तीमा एक महिना समय लाग्ने देखिएको हुँदा अवरुद्ध सडक खुल्न भदौ महिना पुग्ने सम्भावना रहेको अध्यक्ष पौडेल बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने