2026-07-25 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्या प्रकरण: फेसबुकमा जथाभावी पोष्ट गर्ने युवती पक्राउ

साउन १६, काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त–२ मा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको प्रकरणमा ‘यिनै हुन् १४ वर्षीय बालिबालाई जबरजस्तीकरणी गरी बलात्कार गरेर हत्या गर्ने प्रहरी.. सक्दो शेयर गर्नु होला’ भनेर भ्रामक सामग्री पोष्ट गरेकी थिइन् । 

पक्राउ पर्नेमा प्राप्ती भनिने एञ्जिला सापकोटा छिन् । पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा शव फालिएको भन्दै स्थानीयले आरोप लगाउँदै आएका छन् ।

घटना अनुसन्धानकै क्रममा रहेका वेला सापकोटाले भ्रामक सामग्री पोष्ट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनको पोष्टपछि सामाजिक सञ्जालमा गलत तथ्य भाइरल हुन पुगेको थियो । र, सीआईबीले उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरेको जनाएको छ ।

सीआईबीका एसपी कृष्णहरि शर्माका अनुसार सापकोटालाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ