२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

बन्दले पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित

२०७५, २२ श्रावण मंगलवार ०४:४९

साउन २२, इलाम | बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीलगायत सात पार्टीले ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार सम्पन्न गराउन नसकेको आरोप लगाउँदै त्यसको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन् । 

प्रदेश नं १ को नाम किरात–लिम्बूवान–खम्बुवान हुनुपर्ने बन्दकर्ताद्वारा जारी अपिलपत्रमा उल्लेख छ । बन्दका कारण यहाँका शैक्षिक संस्था तथा यातायात सेवा ठप्प छ । बिहानैदेखि यातायातका साधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् । सडकमा यात्रुको बिचल्ली भएको छ । बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से