२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पतालको फार्मेसीमा भ्रष्टाचार

२०७५, २२ श्रावण मंगलवार १७:०७

टेकेन्द्र बोहरा, साउन २७, बझाङ । बझाङ जिल्ला अस्पतालमा सञ्चालनमा रहेको फार्मेसीमा करिब तीन लाख रुपैयाँ घोटाला भएको रहस्य खुलेको छ । 

फार्मेसीमा रकम हिनामिना भएको हुनसक्ने गुनासो आएपछि हेल्थ असिस्टेन दीपकबहादुर ऐडीको संयोजकत्वमा बनेको दुई सदस्यीय छानबिन टोलीले बुझाएको प्रतिवेदनमा करिब तीन लाख रुपियाँ हिनामिना भएको रहस्य सार्वजनिक भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा सञ्चालन गरिएको फार्मेसीमा घोटाला भएपछि जिल्ला स्वास्थ्य कार्यालयले छानबिन समिति गठन गरी छानबिन सुरु गरेको थियो ।

 बेलाबेलामा रकम हिनामिना भएको खबर आइरहने जिल्ला स्वास्थ्य कार्यालयमा यसरी फार्मेसीको हिसाब किताब पारदर्शी नभएको, मनोमानी हिसाबले निजी मेडिकल जस्तै गरी सञ्चालनमा ल्याइएपछि व्यापक गुनासो बढेको थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले जिल्ला अस्पतालमा सञ्चालन गरेको फार्मेसीमा तीन लाख रुपैयाँ हिनामिना भएको बताउनुभयो । 

उहाँले फार्मेसीको हिसाब पारदर्शी थिएन त्यसैले समिति बनाइ छानबिन गर्दा घोटाला भएको भेटियो भन्नुभयो । ऐडीले आफूले तयार पारेको प्रतिवेदन अस्पताल विकास समितिलाई बुझाइसकेको जानकारी दिनुभयो । 

फार्मेसीको रकम हिनामिना गर्नमा फार्मेसीमा बस्ने दुई जना कर्मचारीसहित अन्य पाँच÷छ जनाको संलग्नता पाइएको प्रतिवेदनमा उल्लेख छ । केही रकम फार्मेसीका कर्मचारीले राख्ने, केही रकम लेखामा बुझाउने, केही रकम लेखापालले राख्ने गरेका कारण उक्त रकम हिनामिना भएको बुझिएको छ । कुन कर्मचारीले कति रकम हिनामिना गरेका छन् भन्ने खुल्न सकेको छैन । 

फार्मेसीमा जम्मा भएको रकम सदरमुकाम चैनपुरमा रहेको सिटिजन बैङ्कमा जम्मा गर्नुपर्ने हुन्छ । केही रकम मात्रै जम्मा हुने भए पनि बाँकी रकम कर्मचारीको मिलेमतोमा नै बाँडफाँट गरी हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । 

अस्पताल विकास समितिले उक्त रकम असुल गर्नका लागि सम्बन्धित कर्मचारीलाई पत्र काट्ने निर्णय गरेको जनाइएको छ । 

अहिले फार्मेसीमा काम गर्ने कर्मचारी नभएका कारण फार्मेसी दुई हप्तादेखि बन्द रहेको कार्यालय प्रमुख डा. अनुप रेग्मीले बताउनुभयो । कर्मचारीले फार्मेसीमा काम गर्न नसक्ने भन्दै छोडेपछि फार्मेसी बन्द गर्नुपरेको डा. रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ