२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा ३६ घन्टापछि सञ्चार सुचारु

२३ श्रावण २०७५, बुधबार ०६:५०

लोकेन्द्र प्रसाद जोशी | साउन २३, दार्चुला । दार्चुला जिल्लामा ३६ घन्टादेखी बन्द रहेको नेपाल टेलिकम अन्तरगतका सम्पुर्ण सेवाहरु सूचारु भएका छन । जिल्लामा सञ्चालनमा रहेका ल्यान्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा दुइ दिनसम्म बन्द हुदा दार्चुला सञ्चारविहिन भएको थियो । सञ्चारसेवा ठप्प हुदा बैंकिङ तथा बित्तिय कारोबार, सरकारी कार्यालय, सञ्चारमाध्यम लगायत आम सेवाग्राहिको दैनिकि प्रभाबित भएको थियो । सोमबार राती १० बजेदेखी टेलिकम दार्चुलाको ल्यान्डलाइन, स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु ठप्प भएका थिए ।


टेलिकमको दार्चुला बालसिखरस्थित मेन रिपिटर अर्थात मुख्य टावरमा सोलार ब्याट्रि चार्ज नभएर जिल्लाभरीको सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाको बालसिखरसम्म अहिलेसम्म बिद्युतिकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुदै आएको छ । उच्च क्षमताको सोलार पाता र ब्याटी« जडान गरीएको भएपनि तिन चार दिनदेखी लगातार घाम नलागेपछि ब्याट्रीमा जम्मा भएको चार्ज समेत सकिएर सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।


बिद्युतिकरण अन्तरगत आर्थिक बर्ष २०७१÷०७२ देखि उक्त क्षेत्रमा बिद्युत पुर्याउन ठेक्का भएपनि बिद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउँन नसक्नु, ठेकेदारको लापरबाही र गैरजिम्मेवारीका कारण काममा हालसम्म समेत प्रगति हुन सकेको छैन । झन्डै आधा दर्जन पटक ठेक्काको म्याद थप भएपनि सरोकारवाला पक्षहरुको उदासिनताका कारण काममा प्रगति हुन सकेको छैन । चालू आर्थिक बर्षमासमेत टेलिकमको बालशिखर टावरसम्म बिद्युतिकरण गर्ने काम भइरहेको छ । पुरानो काम सम्पन्न नहुदा बालसिखरसम्म बिद्युत लाइन बिस्तार गर्न ढीलाइ भइरहेको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलाले जनाएको छ ।

यसैबिच दार्चुला जिल्लाको झण्डै आधा जनसंख्या र भुगोल विगतदेखी नियमित सञ्चारको पहँुचबाट बञ्चीत रहदै आएको छ । इन्टरनेट र फोन सेवामा कुनै समस्या नभएको बेलासमेत दार्चुला जिल्लाको ठुलो भूगोल सञ्चारबिहिन हुने गरेको छ । 

ग्रामीण क्षेत्रमा विद्युतीकरण नहुनु, भौगोलिक विकटता, उपकरणमा देखीने समस्या र मौसमको प्रतिकुलताका कारण सञ्चार प्रबिधिको युगमासमेत दार्चुलाबासीले सञ्चार सुविधाबाट वञ्चीत हुनुपरेको छ । जिल्लाको मार्मा, नौगाड, अपिहिमाल, लेकम, ब्यास र दुहु गाउँपालिकालगायत अधिकांश क्षेत्र नेपाल टेलिकमको सञ्चार सेवाको प्रभाबकारी पहुँच पुग्न सकेको छैन् । महाकाली नगरपालिकाकै वडा नम्बर २, ७ र ८ तथा शैल्यसिखर नगरपालिकाको समेत केहि क्षेत्रमा समेत राम्रो सँग मोबाइल फोन सुविधा छैन । नौगाड, मार्मा, अपि, दुहु लगायत क्षेत्रमा बिद्युत अभावका कारण बादल लागे मोबाइल फोनले कामै गर्न छोड्ने गरेको छ । मार्मा क्षेत्रमा घामकै भरमा सञ्चार सुचारु हुने र रातीको समयमा ठुलो भुगोल सञ्चारबिहिन हुने गरेको छ । टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा सञ्चारबाट सेवाग्राहीले समस्या झेल्नपरेको हो । सञ्चार पहुच नपुगेको क्षेत्रमा टावर बिस्तार र सबै टावरहरुसम्म बिद्युतिकरणको सुबिधा भएमात्रै नियमित टेलिफोन र इन्टरनेट सेवा जनताले पाउँने स्थानियको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला