२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वृहत तीज व्यापार मेला भृकुटीमण्डप हुने

२०७५, २३ श्रावण बुधबार १०:४८

साउन २३, काठमाडौँ | महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा वृहत तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताउनुभयो । 

व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीसहितका करीब २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ । करीब एक लाख व्यक्तिले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाइको सुविधा रहेको केन्द्रकी अध्यक्ष थापाले बताउनुभयो । मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक संघसंस्थालाई प्रदान गरिने बताइएको छ । विसं २०५४ मा स्थापना भएको उक्त संस्थाले महिलालाई विभिन्न सीपमूलक तालीम दिई उद्यमशीलता विकासमा टेवा पुर्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस