साउन २५, का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, का"/>
2026-07-25 01:49 PM
काठमाडौँ - KTM

प्रधानसम्पादक थापालाई ‘गोगो फाउण्डेसन अवार्ड’

साउन २५, काठमाडौँ । भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चालाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’ बाट थापालाई सम्मान गरे ।

अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन । यो अवार्ड पहिलो पटक डा भगवना कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसन अध्यक्ष अनिता विन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।   

यस्तो छ हरिबहादुर थापाको पृष्ठभूमि

काभ्रेमा जन्मिएका हरि बहादुर थापा अहिले मूलधारको पत्रकारितामा स्थापित पत्रकार हुन् । पत्रकारिताका माध्यमबाट असल शासन प्रवद्र्धनका लागि भ्रष्टाचाविरुद्धको अभियानमा मनग्गे योगदान गर्न सफल उनी युवा पत्रकारका लागि अनुकरणीय पात्र बनेकाछन् ।  पत्रकारितामा स्नातकोत्तर गरेका थापाले ऐतिहासिक २०४६ सालको जनआन्दोलनकै हाराहारिमा देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका हुन् । साथै सुरुची साप्ताहिक हुँदै २०४९ बाट प्रकाशन सुरु भएको कान्तिपुर दैनिकको सहायक सम्पादक तथा रिपोर्टरबाट सेवा प्रवेश गरेका उनी अहिले सोही दैनिकको सम्पादकको जिम्मेवारी सम्हालेका छन् । 
नियमित रुपमा भ्रष्टाचारविरुद्ध अनुसन्धानमूलक समाचार प्रकासन गर्नुका साथै अन्र्तवार्ता, लेखरचना तथा पुस्तक प्रकासनका माध्यमबाट आफ्नो व्यवसायिक छविलाई गर्विलो बनाउन उनी सफल हुँदै आएका छन् । 
उनका हालसम्म “भ्रष्टाचारको शल्यकृया, एनोटोमी आफ करपप्सन, विदेशी सहायताका बिसंगती, पत्रकारको आँखामा भ्रष्टाचार, राजनीतिक दाउपेच भित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व तथा रजगज” जस्ता ७ वटा गहकिला पुस्तक प्रकाशन गरेर मुलुकलाई गुण लगाएकाछन् । भ्रष्टाचारको अभियानमा लाग्ने अभियन्ताकालागि खदिलो अनुसन्धानमूलक स्रोत उपलब्ध गराएकाछन् । 
साथै वार्षिक रुपमा प्रकाशित हुने ग्लोबल इन्टीग्रीटीसम्बन्धी प्रतिवेदनका लागि २०६२, २०६३ र २०६४ मा नेपालको तर्फबाट श्रोत व्यक्तिका रुपमा काम गरेकाछन् । त्यसैगरी सुशासन वर्षपुस्तकको संयोजन गर्नुका साथै विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा स्रोत व्यक्तिका रुपमा आफ्नो ज्ञान र सीपलाई बाँड्दै आएका छन् ।  
त्यसैगरी उनले भ्रष्टाचारविरुद्धको अभियानमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाबाट पुरस्कृत भएकाछन् । साथै २०६१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको योगदानको कदर गरेर सम्मान गरेको थियो । हालसम्म उनले १८ वटा भन्दा बढी मुलुकहरुको भ्रमण गरी पेशागत अनुभव संगालेकाछन् । उनले संसदीय पत्रकार समाजको अध्यक्षको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेकाछन् । साथै पत्रकार महासंघ कान्तिपुर शाखाको अध्यक्ष हुनुका साथै पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत सम्हाली सकेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ