४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वाईसियल पहिला जस्तै जन कार्वाहीमा उत्रिन्छ: दिपशिखा

१५ चैत्र २०७२, सोमबार १४:१९

प्रेम सुनार/ चैत १५, गुल्मी । वाईसियल नेपालका केन्द्रिय महासचिव रामप्रसाद सापकोटा (दिपशिखा ) ले अव वाईसियल नेपाल पहिला जस्तै भ्रष्टहरुको कार्वाहीमा उत्रने चेतावानी दिएका छन् । जनयुद्धकालमा माओवादीको डरले स्याल जस्तै बनेका समाजका वलत्कारी, तस्कर र भ्रष्टहरु शान्ति प्रकृया पछि बाघ जस्तै बनेर कुर्लिन थालेका छन् ’–दिपशिखाले भने –‘अव वाईसियल नेपाल ति भ्रष्टहरुलाई पहिले जस्तै कार्वाहीमा उत्रिदैछ ।’

ycl

उनले वाईसियल नेपालको तेश्रो गुल्मी जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । कडा स्वभावका वाईसियल नेता दिपशिखाले हिजो भित्रभित्रै भ्रष्टहरुको कार्वाही गरिन्थ्यो अव आम जनतालाई देखाएर भ्रष्टहरुको कार्वाही गरिने बताए । उनले भने –‘काठमाण्डौका भ्रष्टहरुलाई अव खुल्ला मञ्चमा उभाएर कार्वाही गरिनेछ भने गुल्मीका भ्रष्टहरुलाई चिदीचौरमा उभाएर कार्वाही गर्न वाईसियल नेपालले भावि कार्यक्रम बनाएको छ ।’ उनेले आफ्नै पार्टीका नेताहरुलाई पनि वाईसियल कार्वाहीमा उत्रिने बताए ।
उद्घाटन कायक्रममा वाईसियल नेपालका केन्द्रिय सचिव नारायण जिसी ( निर्माण ) कोषाध्यक्ष सुवोध त्रिपाठी, केन्द्रिय सदस्य नेखबहादुर पौड्या ( भरत ) , एमाओवादी गुल्मीका उपाध्यक्ष उमा बिक, सचिव युवाराज केसी , कोषाध्यक्ष ज्ञानकुमार बुढा लगायतले पनि मन्तव्य राखेका थिए । जिल्ला सम्मेलनले ताराबहादुर राना –( प्रवल ) लाई वाईसियल गुल्मीको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

 

उनको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । उपाध्यक्षद्धयमा नारायण चन्द्र र नारायण श्रेष्ठ चयन भएका छन् ।
सचिवमा गिरीसिंह महाकिम, सह–सचिवमा लालकुमारी बिक, कोषाध्यक्षमा दिपन्द्र घर्ति सर्वसम्मत निर्वाचित भएका छन् । वाईसियल नेपाल गुल्मीको नयाँ कार्य समितिले भोली विहान सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी भावि कार्यक्रमहरु सार्वजानिक गर्ने निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य नोखबहादुर पौड्यालले जानकारी दिए ।
तस्वीर ः वाईसियल गुल्मीका नवनिर्वाचित अध्यक्ष प्रवल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ