२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वाईसियल पहिला जस्तै जन कार्वाहीमा उत्रिन्छ: दिपशिखा

२०७२, १५ चैत्र सोमबार १४:१९

प्रेम सुनार/ चैत १५, गुल्मी । वाईसियल नेपालका केन्द्रिय महासचिव रामप्रसाद सापकोटा (दिपशिखा ) ले अव वाईसियल नेपाल पहिला जस्तै भ्रष्टहरुको कार्वाहीमा उत्रने चेतावानी दिएका छन् । जनयुद्धकालमा माओवादीको डरले स्याल जस्तै बनेका समाजका वलत्कारी, तस्कर र भ्रष्टहरु शान्ति प्रकृया पछि बाघ जस्तै बनेर कुर्लिन थालेका छन् ’–दिपशिखाले भने –‘अव वाईसियल नेपाल ति भ्रष्टहरुलाई पहिले जस्तै कार्वाहीमा उत्रिदैछ ।’

ycl

उनले वाईसियल नेपालको तेश्रो गुल्मी जिल्ला सम्मेलनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । कडा स्वभावका वाईसियल नेता दिपशिखाले हिजो भित्रभित्रै भ्रष्टहरुको कार्वाही गरिन्थ्यो अव आम जनतालाई देखाएर भ्रष्टहरुको कार्वाही गरिने बताए । उनले भने –‘काठमाण्डौका भ्रष्टहरुलाई अव खुल्ला मञ्चमा उभाएर कार्वाही गरिनेछ भने गुल्मीका भ्रष्टहरुलाई चिदीचौरमा उभाएर कार्वाही गर्न वाईसियल नेपालले भावि कार्यक्रम बनाएको छ ।’ उनेले आफ्नै पार्टीका नेताहरुलाई पनि वाईसियल कार्वाहीमा उत्रिने बताए ।
उद्घाटन कायक्रममा वाईसियल नेपालका केन्द्रिय सचिव नारायण जिसी ( निर्माण ) कोषाध्यक्ष सुवोध त्रिपाठी, केन्द्रिय सदस्य नेखबहादुर पौड्या ( भरत ) , एमाओवादी गुल्मीका उपाध्यक्ष उमा बिक, सचिव युवाराज केसी , कोषाध्यक्ष ज्ञानकुमार बुढा लगायतले पनि मन्तव्य राखेका थिए । जिल्ला सम्मेलनले ताराबहादुर राना –( प्रवल ) लाई वाईसियल गुल्मीको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

 

उनको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । उपाध्यक्षद्धयमा नारायण चन्द्र र नारायण श्रेष्ठ चयन भएका छन् ।
सचिवमा गिरीसिंह महाकिम, सह–सचिवमा लालकुमारी बिक, कोषाध्यक्षमा दिपन्द्र घर्ति सर्वसम्मत निर्वाचित भएका छन् । वाईसियल नेपाल गुल्मीको नयाँ कार्य समितिले भोली विहान सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी भावि कार्यक्रमहरु सार्वजानिक गर्ने निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य नोखबहादुर पौड्यालले जानकारी दिए ।
तस्वीर ः वाईसियल गुल्मीका नवनिर्वाचित अध्यक्ष प्रवल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा