साउन २८, काठामाडौं | पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा वन्द गरि धावनमार्ग निर्माण कार्य गरिने जानकारी गराएका छन् ।
मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ, भैहरवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुननिर्माण लगायतबारे सदनलाई जानकारी गराउने क्रममा सो कुरा जानकारी गराएका हुन् । मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरि २४ सै घण्टा सञ्चालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी गराए ।
मन्त्री अधिकारीले बर्षादपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भएलगत्तै सन् २०१९ को फेव्रुअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान तथा अवतरण वन्द गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने बताए ।
उनले २०१९ जुन सम्ममा धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको जानकारी दिए ।